'रोथो मेन्थोलेटम'को 'मिस एक्नेस् २०१७'
काठमाडौंः जापानको प्रतिष्ठित कम्पनी 'रोथो मेन्थोलेटम'ले मिस एक्नेस् २०१७ आयोजना गर्दैछ । शीर्ष ३ विजेतालाई नगद र अन्य पुरस्कार दिने कम्पनीले जनाएको छ ।
विजेतालाई ब्राण्डको 'ब्राण्ड एम्वेस्डर'का रुपमा विभिन्न पत्रपत्रिकाका विज्ञापन तथा आवरण पृष्ठमा देखिने अवसर मिल्ने कम्पनीको दावी छ । साथै विजेतालाई सामाजिक सञ्जाल, डिस्प्ले, व्यानर लगायतमा देखिने अबसर प्रदान गरिने कम्पनीले बताएको छ ।
'रोथो मेन्थोलेटम' कम्पनीले नेपाली बजारमा ल्याएका ब्अलभक, Acnes, Lipice, Sunplay र Oxy ब्राण्डका कस्मेटिक उत्पादनहरु बजारमा ल्याएको छ यी उत्पादनहरु उपभोक्त माझ निकै लोकप्रिय छन् ।