'वानप्लस थ्रिटी' बजारमा
काठमाडौं: वानप्लस नेपालको नयाँ स्मार्टफोन 'वानप्लस थ्रिटी' ६४ जीबी भर्जन नेपाल भित्रिएको छ । मंगलबारदेखि नेपाली बजारमा भित्रिएको यो स्मार्टफोनको बजार मूल्य ५४ हजार ९ सय रहेको छ ।
स्मार्टफोनको विश्व बजारमा आफ्नो छुटै पहिचान बनाउन सफल वानप्लसका उत्पादन 'फ्यालसिप किलर' स्मार्टफोनको रुपमा परिचित रहेका छन् । वानप्लसको स्मार्टफोनमा प्रयोग भएका प्रविधि र यसको विशिष्टताले यसलाई मोवाइलको विश्वबजारमा फरक रुपमा चिनाएको छ । कम्पनीका आुसार वानप्लस थ्रिटी कम्पनीको वानप्लस थ्रिको परिस्कृत भर्जन हो ।
५.५ इन्चको फुल एचडी एमलोड डिस्प्ले रहेको वान प्लस थ्रिटीमा क्वालकम स्न्यापड्रयागन ८२१ प्रोसेसर रहेको छ । १६ मेगा पिक्सलको रिएर क्यामेरा रहेको स्मार्टफोनमा सेल्फीको लागि ८ मेगा पिक्सलको क्यामेरा रहेको छ । ६ जीबी र्याम रहेको स्मार्टफोनमा ६४ जीबी रोम(इन्टरनल मेमोरी) रहेको छ ।
अक्सीजन ओएसमा आधारित एन्ड्रोएड भि७.० रहेको यो स्मार्टफोनमा ३४ एमएएचको झिक्न नमिल्ने ब्याट्री रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले यो स्मार्टफोन ओलिजस्टोर डट कम (Olizstore.com) मा गएर खरिद गर्न सक्नेछन् ।