महिला दिवसमा दाइजोविरुद्ध लड्ने अमृता सम्मानित
दाइजो विरुद्ध लड्ने महोत्तरीको बर्दिबास नगरपालिका ८ किसानगर फूलबारी टोलकी अमृता कुमारी कापरलाई अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महोत्तरीले बुधबार १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवरसमा महोत्तरीको बर्दिबासमा सम्मान गरेको छ। दाइजोमा लैनो भैंसी नदिएको निहुँमा अमृतालाई धनुषाको कान्छी बजारका रौदी कापरले विवाह पश्चात माघ ११ गते उनलाई छाडेका थिए । अमृताले प्रहरीमा उजुरी गरेर रौदीलाई प्रहरी खोरमा पठार दाइजो प्रथाविरुद्धको अभियानमा जुटेकी छिन् । तस्बिर : राजकरण महतो