दुई महिनामा मुसहर बस्ती निर्माणको ७५ प्रतिशत काम सकियो
धुर्मुस सुन्तली फाउण्डेसनद्वारा महोत्तरीको बर्दिबासमा निर्माणाधिन एकीकृत नमुना मुसहर बस्तीको निर्माणको काम दुई महिनामा ७५ प्रतिशत पूरा भएको छ। बस्ती निर्माणको लागि अनुमानित लागत ४ करोड ७८ लाख मध्ये फाउण्डेसनलाई बस्ती निर्माण काम पुरा गर्न अझ एक करोड ६५ लाख रकम आवश्यकता पर्ने फाउण्डेसनले जनाएको छ । तस्बिर : राजकरण महतो