बन्दको दोस्रो दिन कपिलवस्तु ठप्प

 बन्दको दोस्रो दिन कपिलवस्तु ठप्प

 कपिलवस्तु: संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बन्दले जिल्लाको जनजीवन पूर्ण प्रभावित भएको छ । सप्तरी घटनाको विरोधमा आह्वान गरिएको दुर्इ दिने बन्दको दोस्रो दिन बुधबार सदरमुकाम तौलिहवालगायत सबै बजार क्षेत्रर पूर्ण रुपमा बन्द रहे।

मोर्चाका नेता, कार्यकर्ताले बिहानैदेखि सदरमुकाम तौलिहवामा प्रदर्शन गरेका थिए । बन्दकर्ताले सरकार र एमालेविरुद्ध चर्को नाराबजी गरेका थिए । बन्दका कारण बहादुरगंज, महाराजगंज, तौलिहवा, कृष्णनगर, चन्द्रौटा, पकडीलगायतका बजार पूर्ण रुपमा बन्द भए ।

बन्दकर्ताले पूर्व-पश्चिम राजमार्ग, तौलिहवा लुम्विनी, चन्द्रौटा कृष्णनगर, जितपुर तौलिहवा सडक खण्डमा कुनै सवारी साधन चल्न दिएनन् ।

मोर्चा कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै तौलिहवाको एक होटल तोडफोड गरेका छन् । बन्दका कारण सुठौली, छोटी भन्सार र कृष्णनगर भन्सार नाका दुवै ठप्प हुँदा राजश्व संकलन कार्य प्रभावित भएको छ । बन्दका क्रममा जिल्लामा कुनै अप्रिय घटना नघटेको प्रहरी उपरीक्षक भोजजंग शाहले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.