कांग्रेसका महिलाले सुरु गरे स्थानीय चुनावको तयारी

कांग्रेसका महिलाले सुरु गरे स्थानीय चुनावको तयारी

भक्तपुर : नेपाली कांग्रेस समर्थित भक्तपुरका महिलाहरु वैशाख ३१ गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका छन्।

स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी महिला उम्मेदवार सुनिश्चित गर्न कांग्रेस समर्थित महिलाहरु आफूलाई सक्षम र योग्य बनाउने कार्यमा लागेका हुन्।

कांग्रेस समर्थित नेपाल महिला संघ भक्तपुर जिल्ला समितिले स्थानीय तहको निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व बढाउन तालिम नै दिएको छ।
संघकी अध्यक्ष सरु बानियाँले निर्वाचनमा महिला सहभागिता सुनिश्चित गर्नुका साथै उनीहरुको नेतृत्व क्षमता विकास गर्न तालिम दिइएको जानकारी दिइन्।

संघले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर जिल्लाका क्रियाशील महिलाहरुको लागि दुई दिने तालिम दिएको हो।

जिल्ला, निर्वाचन क्षेत्र र नगरस्तरीय समितिका पदाधिकारी एवं क्रियाशील महिलाहरुलाई दिइएको उक्त तालिममा महिला पनि सक्षम छन् भन्ने प्रमाणित गर्न क्षमता अभिवृद्धि र वैचारिक परिपक्वता हुने विषयमा तालिम दिइएको अध्यक्ष बानियाँले बताइन्।

‘महिलालाई आफ्नो अधिकार माग्ने र अधिकार मागेपछि कुसलतापूर्वक जिम्मेवारी पूरा गर्नसक्ने बनाउन तालिम दिएका हौं’, संघकी उपाध्यक्ष गंगा अवालले भनिन्, ‘महिला पछि परेकै बहानामा हामीहरुको अधिकार खोस्न पाइँदैन।’

उनले अहिलेको प्रतिस्पर्धाको समयमा महिलामात्रै भनेर नहुने हुनाले महिला पहिले सक्षम हुनुपर्छ भन्ने भावनाले तालिम दिइएको सुनाइन्।
‘हामी महिला भएकैले जिम्मेवारी पाउनुपर्छ भन्ने पक्षमा छैनौं’, उनले थपिन्, ‘तर महिला पनि सक्षम, सबल र जिम्मेवारी पूरा गर्न सक्छन् भने कुनै पनि बहानामा महिलालाई पछाडि पार्न पाइँदैन।’

नगरपालिकाको मेयर वा उपमेयर तथा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष एकजना महिला हुनुपर्ने प्रावधानअुनसार महिलालाई त्यसको लागि सक्षम र योग्य बनाउने आफूहरुको उद्देश्य भएको उपाध्यक्ष अवालले बताइन्।
उनले स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी महिला उम्मेदवार बनाउने आफूहरुको योजना रहेको सुनाइन्।

तालिममा नेपाली कांग्रेसको सिद्धान्त, विचार र वर्तमान राजनीतिक परिस्थितिसँगै नेतृत्व विकास, संगठन सञ्चालन र परिचालनबारे महिलाहरुलाई जानकारी दिइएको थियो।

त्यस्तै नेपालको वर्तमान राजनीतिमा महिलाका मुद्दा एवं त्यसलाई सम्बोधन गर्ने सवाल, संविधानमा उल्लेख महिलाका अधिकार र त्यसको प्रयोग, स्थानीय तहको निर्वाचनमा पार्टी र महिला संगठनको भूमिका, महिला कार्यकर्ताहरुको जिम्मेवारी र भूमिकालगायतबारे कांग्रेसका युवा नेताहरुले कक्षा लिएका थिए।

सोमबार र मंगलबार सञ्चालन भएको उक्त तालिममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थ, युवा नेता देवराज चालिसे, तालिम एस्पर्ट इन्द्रराम भैल, पूर्वविद्यार्थी नेता एवं अधिवक्ता विष्णु बस्याललगायतले सहजीकरण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.