मोर्चालाई एमालेको चेतावनी : कार्यकर्तामाथिको ज्यादती बन्द गर

मोर्चालाई एमालेको चेतावनी : कार्यकर्तामाथिको ज्यादती बन्द गर

काठमाडौं : एमालेले सप्तरी घटनापछि मधेसका विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि ज्यादती गरिएको भन्दै त्यस्ता कार्य रोक्न मधेसी मोर्चालाई चेतावनी दिएको छ।

एमाले स्थायी समितिको बुधवार बसेको बैठकले मधेसका विभिन्न जिल्लामा एमाले पार्टी कार्यालय, नेता-कार्यकर्ता तथा सर्वसाधारणका घर, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको भन्दै यस्ता कार्य रोक्न मोर्चालाई चेतावनी दिएको हो।

महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले मधेसमा एमालेका नेता-कार्यकर्ता र पार्टी कार्यालयहरुो सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए।

‘एमालेका नेता-कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, मोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक काम भएका छन्। हाम्रो पार्टी त्यस्ता अलोकतान्त्रिक र आपराधिक क्रियाकलापहरु अबिलम्ब रोक्न चेतावनी दिन्छ,’ सचिव भट्टराईले भने, ‘हाम्रा नेता-कार्यकर्ता र पार्टी कार्यालयको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्दछौ।’

एमालेको मेची-महाकाली अभियान अन्र्तगत सप्तरीको राजविराजमा भइरहेको सभालाई विथोल्न प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताको प्रहरी हस्तक्षेपमा मृत्यु भएपछि आफ्ना कार्यकर्तामाथि ज्यादती बढेको एमालेको भनाइ छ।

एमालेले राजविराज घटनाको वास्तविक जानकारी गराउन बिहीबार राजधानीमा बृहत भेला गर्ने निर्णय समेत गरेको सचिव भट्टराईले जानकारी दिए।

सप्तरी घटनापछि तीन दिनका लागि स्थगित भएको पार्टीको मेची-महाकाली राष्ट्रिय अभियान फागुन २७ गते हेटौंडाबाट पूर्ववत सुचारु गर्ने निर्णय बैठकले गरेको छ।

‘यसअघि निर्धारण भएको कार्यतालिका अनुसार बाँकी सबै कार्यक्रम आयोजना हुने भएकाले त्यसका लागि सक्रियतापूर्वक क्रियाशील हुन, व्यापक जनसहभागिता जुटाउन र मेची-महाकाली यात्रामा आ-आफ्ना सवारी साधनसहित उपस्थित हुन मातहत कमिटी र सदस्यलाई निर्देशन दिइएको छ,’भट्टराईले भने।

सँगै प्रदेश नम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.