गुडलाइफको डबल ब्रेक टफी बजारमा

गुडलाइफको डबल ब्रेक टफी बजारमा

काठमाडौंः एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालिद्वारा स्थापित नेपालको पहिलो चक्लेट फ्याक्ट्री गुडलाइफले ‘डबल ब्रेक' नामक नयाँ टफी बजारमा ल्याएको छ ।

गुणस्तरीय र परिष्कृत मेसिनको प्रयोग गरी उत्पादन गरिएको डबल ब्रेक टफी, चकलेट र मिल्क फ्लेभरमा उपलब्ध छ । दुई रुपैयाँ पर्ने डबल ब्रेक टफीलाई नेपालभर सजिलै खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त चकलेट केही समयमै नेपालको सर्वाधिक बिक्री हुने सूचीमा पर्ने कम्पनीको विश्वास छ । सन् २०१२ मा सुनसरीको दुहबीमा स्थापना भएको एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि नेपालकै सबैभन्दा ठूलो बिस्कुट र कन्फेक्सनरी कम्पनी हो ।

नेपाली उपभोक्तामाझ रुचाइएको गुडलाइफले ४० भन्दा बढी भेराइटीका बिस्कुटका साथै विभिन्न २० भेराइटीका चकलेट उत्पादन गर्दै आएको छ । आफूसँग भएको पूर्वाधार र प्रविधिको प्रयोग गरी अन्य ब्रान्डको तुलनामा सुपथ मूल्यमा उच्च गुणस्तरको टफी उपलब्ध गराएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.