सप्तरी गोली काण्डमा मारिएका मण्डलको परिवारलाई आर्थिक सहयोग
काठमाडौं : एमालेको मेची महाकाली अभियान अन्तर्गत सोमबार सप्तरीको राजविराजमा भएको गोली काण्डमा मारिएका पिताम्बर मण्डलको परिवारलाई र्आिक सहयोग जुटेको छ।
बिहीबार हिन्दु युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले आर्थिक अवस्था नाजुक भएका मण्डलका परिवारलाई ११ हजार रुपैयाँ सहयोग गरेका हुन्।
सहयोगपछि ठाकुरले भने, ‘सप्तरी गोली काण्डमा मारिएका पिताम्बर मण्डलको परिवारको अवस्था एकदमै दयनीय रहेको मैले पाएँ र आज स्व. मण्डलको घर पुगेर उनका बुबा र श्रीमतीलाई सहयोग स्वरुप ११ हजार दिएको छु।’
ठाकुरले उक्त गोली काण्डमा मारिएका अन्य व्यक्तिका परिवारलाई पनि आउने दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।