प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र

प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र

काठमाडौंः प्रतिनिधिसभाका लागि प्रत्येक जिल्लामा निर्वाचन क्षेत्र हुनेगरी सरकारले एक सय ६५ निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । संविधानले प्रतिनिधिसभामा एक सय ६५ क्षेत्रको संख्या तोकेपछि क्षेत्र निर्धारण गर्न उक्त विधेयक ल्याइएको सरकारले जनाएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र निर्धारण आयोग गठनसम्बन्धी विधेयक महत्वपूर्ण हो ।

संविधानको धारा ८४ को उपधारा (१) को खण्ड (क) ले जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा एक सय ६५ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय १० जना समानुपातिक प्रणालीबाट चयन हुनेछन् । हाल कायम २ सय ४० निर्वाचन क्षेत्रलाई घटाएर एक सय ६५ निर्वाचन क्षेत्र बनाउँदा प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र रहने विधेयकमा उल्लेख छ ।

मधेसकेन्द्रित दलले क्षेत्र निर्धारण गर्दा जनसंख्याका आधारमा गर्नुपर्ने माग गरेपछि संविधानमा पहिलो संशोधन गरी जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मानी क्षेत्र निर्धारण गर्ने व्यवस्था संविधानमा राखिएको थियो ।

निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्ने व्यवस्था विधेयकमा गरिएको छ । उक्त आयोगले प्रत्येक जिल्लामा निर्वाचन क्षेत्र हुने गरी निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था विधेयकमा गरिएको छ । जनसंख्यालाई आधार मान्दा पछिल्लो राष्ट्रिय जनगणनाबाट निश्चित भएको जनसंख्यालाई आधार मान्नुपर्ने विधेयकमा उल्लेख छ । एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लामा जनसंख्याको अनुपात समान हुने गरी क्षेत्र तोक्नुपर्ने प्रस्ताव विधेयकमा छ । एक जिल्लाको क्षेत्रलाई अर्को जिल्लामा समावेश हुने गरी तथा गाउँपालिका र नगरपालिकाका वडा विभाजन गरेर क्षेत्र निर्धारण गर्न नपाइने व्यवस्था छ।

यस्तै क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभा संख्याको दोब्बर संख्या हुने गरी प्रदेशसभाको पनि क्षेत्र निर्धारण गर्नेछ । सरकारले बिहीबार नै गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारणसम्बन्धी विधेयक पनि संसद्मा दर्ता गरेको छ । गाउँपालिकामा कम्तीमा ५ र बढीमा २१ तथा नगरपालिकामा कम्तीमा ९ र बढीमा ३५ वडा हुने गरी वडाको संख्या निर्धारण गर्ने विधेयकमा प्रस्ताव छ ।

पुराना गाविसलाई गाभेर नयाँ गाउँपालिका र नगरपालिका बनाइएकाले वडाको संख्या निर्धारण र हेरफेर गर्न उक्त विधेयक ल्याउनुपरेको सरकारले जनाएको छ । सरकारले जनसंख्या तथा जनसंख्या वितरणको अवस्था, भौगोलिक अनुकूलता तथा विशिष्टता, सेवा वितरणको अवस्था र सहजता, भौतिक पूर्वाधारलाई आधार मानेर वडाको संख्या, सिमाना तथा केन्द्र तोक्नेछ । सरकारले निर्वाचनसम्बन्धी यसअघि दर्ता गरेको राजनीतिक दल दर्तासम्बन्धी विधेयक भने संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.