गौतम हत्याविरुद्व माओवादीद्वारा प्रदेश सात बन्द
धनगदीः भारतीय सीमा सुरक्षा बलको ज्यादतीविरुद्व नेकपा माओवादी केन्द्रले प्रदेश ७ बन्द गरेको छ । भारतीय सुरक्षाकर्मीको गोलीबाट बिहीबार कञ्चनपुरमा नेपाली नागरिक गोविन्द गौतम मारिएको विरोधमा शुक्रबार बिहानैदेखि प्रदेश सात बन्द गराएको हो । अहिले माओवादीले प्रदर्शन जारी गरेको छ ।
प्रदेश सात का इन्चार्ज लेखराज भट्टले विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेका थिए । गौतमको हत्या भएपछि कैलाली, कञ्चनपुरमा शुक्रबार पनि तनाव छ । पुनरवासमा भारतीय व्यापारीयको लगानीमा रहेको क्षे १ च ९६११ ट्याक्टर नेपालीले आगजानी गरेका छन् ।
माओवादीले गौतम आफ्नो कार्यकर्ता भएको विज्ञप्तिमा जनाएको छ । गौतमलाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेको छ । माओवादी केन्द्र कैलाली संयोजक बिरबहादुर थापा(पातल)ले विज्ञप्ति जारी गरी बन्द सफल पार्नसमेत आह्वान गरेका छन् ।