नेपालगन्ज गोल्डकपः सुदूरपश्चिम–११ विजयी

नेपालगन्ज गोल्डकपः सुदूरपश्चिम–११ विजयी

नेपालगन्जः टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि नेपालगन्जमा सुरु भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा पश्चिम नेपालकै सर्वाधिक पुरस्कार राशि भएको सो फुटबल प्रतियोगिताको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गरे ।

उद्घाटन खेलमा साविक विजेता सुदूरपश्चिम–११ ले भारतको दिल्ली युनाइटेडलाई १–० गोलले हरायो । सुदूरपश्चिम–११ को जितमा एरोनले २२औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो । पहिलो हाफमा अत्यन्त प्रतिस्पर्धात्मक रूपमा खेल भएको थियो । पटकपटक प्रयास गर्दासमेत दुवै तर्फबाट गोल प्रयास भए पनि सफल भएन ।

खेलपछि सुदूरपश्चिमका प्रशिक्षक ललित चन्दले खेल जिते पनि आफ्नो सन्तोषजनक प्रदर्शन देखाउन नसकेको बताए । उनले सुदूरपश्चिममा पुराना खेलाडी र नयाँ विदेशी खेलाडीबीच तालमेलको समस्या भएको बताए । मिड फिल्ड र दुईजना फरवार्ड ओवरिकोस्टका खेलाडी सुदूरपश्चिमका तर्फबाट खेलेका छन् । उनले भने, ‘विदेशी खेलाडी पहिलोपटक आबद्ध भएका कारण उनीहरू र पुराना खेलाडीको तालमेल मिलेन, त्यस कारण पनि भनेजस्तो खेल प्रदर्शन भएन ।'

दिल्ली युनाइटेडका प्रशिक्षक अन्शुल काटियारले खलाडीले राम्रो खेले पनि मौकाको सदुपयोग गर्न नसकेको बताए । शुक्रबार नेपाल पुलिस क्लब र आयोजक नेपालगन्ज–११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ‘ए' डिभिजनलगायत आठ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत तर्फका उत्कृष्ट खेलाडीले पनि आकर्षक पुरस्कार हात पार्नेछन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.