पुरुष जन्माउने नारी के कमजोर

पुरुष जन्माउने नारी के कमजोर

काठमाडौः हास्यकलाकार हरिवंश आचार्यले ‘पुरुष जन्माउने नारी कसरी कमजोर हुन्छन् ? ' भन्दै प्रश्न गरेका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानको समालोचना तथा निबन्ध र संस्कृति विभागले १०७औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बिहीबार गरेको कार्यक्रममा आचार्यले त्यस्तो प्रश्न गरेका हुन् ।

‘नारी-पुरुष अन्तरअस्तित्वसम्बन्धी अवधारणा र साहित्यमा त्यसको प्रभाव' विषयक कार्यक्रममा उनले पुरुष जन्माउने नारी कमजोर नहुने बताए । ‘महिला नभएको घर खल्लोमात्र होइन लथालिंग हुँदो रहेछ', आफ्नै अनुभव सुनाउँदै कलाकार आचार्यले भने, ‘आमा, पत्नी, दिदी, बहिनी वा छोरी नभएको घरमा बस्न पनि सहज हुन्न रहेछ ।' उनले नारीसँग सहयात्रा र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक बलराम अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै अन्तरअस्तित्व कुनै सिद्धान्त उमार्न खोज्ने यत्न नभएको बताए । उनले भने, ‘आवश्यकता केवल नारी र पुरुषबीचको भिन्नताका आधारमा हुँदै आएका विभेद अन्त्यको छ ।' उनले विभेदहरू मिथ्या हुन् भन्ने चेतनाको विकास भएमात्र नारी र पुरुषबीच सुमधुर सम्बन्ध हुने बताए ।

प्राध्यापक डा. विष्णु राईले कार्यपत्रमाथि टिप्पणी गर्दै नारीमा प्रेम हुने र प्रेममा कोमलता हुने भएकाले कोमलतालाई कमजोरी ठान्नु गलत धारणा राखे । उनले थपे, ‘प्रत्येक पुरुषमा नारी र नारीमा पुरुष तत्व हुन्छ भनेर सबैले बुझ्न जरुरी छ, कोही कमजोर छैन । पुरुष क्याक्टसजस्ता छन् त नारी फूल, नारी किन क्याक्टस बन्नु ? '

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सामाजिक जीवनका लागि नारी र पुरुषलाई दुवैको उत्तिकै खाँचो भएको बताए । दुवै एकअर्काका परिपूरक भएको उनले बताए । कार्यपत्रमाथि प्राडा वीणा पौडेल, कपिल काफ्ले, नेहा शर्माले बोलेका थिए । प्राडा चन्द्रा भद्राले नारीबारे बालेकी थिइन् । कार्यक्रममा नेपालका नारी साहित्यकार (परिचय कोश) विमोचन गरिएको थियो । कोषको रत्नमणि नेपालले सम्पादन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.