आक्रमण भए प्रतिकार गर्ने ओलीको चेतावनी

आक्रमण भए प्रतिकार गर्ने ओलीको चेतावनी

हेटौँडाः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि लगातार आक्रमण भइरहे आतंक सहेर नबस्ने बताएका छन् । एमालेको मेची-महाकाली अभियान अन्तर्गत हेटौँडामा शुक्रबार भएको जनसभामा बोल्दै ओलीले एमालेले आफ्नो सुरक्षा आफै गर्नुपरे परिस्थिति फरक हुने चेतावनी दिए ।

'हामीमाथि लगातार अक्रमण हुँदा पनि सहेर बसेका छौं' उनले भने, 'तर एमालेको पार्टी कार्यालय र नेता कार्यकर्ताको घरमा समेत आक्रमण हुन्छ भने हामी सधैं आतंक सहेर बस्दैनौं ।'

Displaying 3.JPG

सप्तरीको राजविराज घटनापछि तीन दिन स्थगित गरेको अभियान पुनः हेटौँडाबाट सुरु गर्दै ओलीले भने, 'सरकार र संसदको भत्ता खाएर काठमाडाै‌मा घर बनाउनेले लाशको राजनीति गर्दैमा एमालेको अभियान रोकिँदैन ।' सरकारी पार्टीको आक्रणका कारण जनताका छोराछोरीको ज्यान गएको बताउँदै उनले एमालेको सुरक्षा गरेबापत सरकारले सप्तरीको प्रशासन र प्रहरी प्रमुख काठमाण्डौं फिर्ता बोलाएको दाबी गरे ।

'सप्तरी घटनापछि सरकारको नियत स्पष्ट भएको छ', ओलीले भने,'अरुको चहाना र स्वार्थकालागि यो सरकारले जनताको ज्यान लिएको छ ।' साथै उनले नेपाली भूमिमा प्रवेश गरेर भारतीय प्रहरीले नेपाली नागरिकमाथि गोली चलाउँदा समेत राज्य कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाए ।

'भारत छिमेकी हो, उसले मित्रवत व्यवहार गर्नुपर्छ', ओलीले प्रश्न गरे, 'के बलियो हुनुको अर्थ यही हो ?' नेपाली भूमिमा प्रवेश गरेर नेपाली नागरिकको ज्यान लिने अधिकार भारतलाई नभएको भन्दै उनले नेपाल सरकारले यस विषयमा भारत सरकारसँग गम्भिरताका साथ कुरा गर्नुपर्ने माग गरे ।

सप्तरी र कञ्चनपुरको घटनाले एमालेको मेची-महाकाली अभियानको महत्व बढेको ओलीको दावी छ । 'देशको हितमा चालेको यो अभियानको क्रममा नेकपा एमाले ज्यान दिन पनि तयार छ',उनले थपे, 'एमालेका एक दुई नेता मारिदैमा लोकतन्त्र समाप्त हुँदैन ।' 'एमालेका नेताहरु लामो संघर्ष गरेर आएका छन्, देशकालागि मर्न एक पाईलो पनि पछि सर्दैन ।'

सभामा बोल्दै एमाले महासचिव इश्वर पोख्रेलले एमाले विरुद्धको मोर्चाबन्दीले कसैलाई फाईदा नपुग्ने बताए । 'एमालेको संकल्प कसैले रोक्न सक्दैन',उनले भने, 'तराई मधेसको विकास र समृद्धि एमाले बाहेक अरु कसैले गर्न सक्दैन ।'

हेटौँडाको भुटनदेवीमा गरिएको जनसभामा उच्च सुरक्षाबीच पुगेका अध्यक्ष ओलीले सम्बोधन गरेलगत्तै हावाहुरी र पानी परेको थियो । सभा सुरु भएको करिब एक घण्टापछि हावाहुरी र पानीले कार्यक्रम प्रभावित भएपछि एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनाल लगायतका नेताहरुले सभामा बोल्न पाएनन् ।

अध्यक्ष ओली कार्यक्रम लगत्तै काठमाण्डौं फर्किए पनि नेपाल र खनाल सहितका नेताहरु अभियान टोलीसँगै शनिबार बिहान चितवनतर्फ लाग्ने कार्यक्रम रहेको एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले बताईन् । सप्तरी घटनापछि सतर्क बनेको एमालेले कार्यक्रममा करिब दुई हजार स्वयं सेवक र सुरक्षा निकायहरुले करिब सात सय सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।

Displaying 1.JPG

सभामा मकवानपुर सहित वारा, पर्सा, रौतहटबाट एमाले कार्यकर्ता उपस्थित भएका थिए । सप्तरी घटनापछि स्थगित गरिएको एमालेको अभियान शुक्रबार हेटौंडाबाट पुनः सुरु गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.