अझै सुरु भएन नेपाल र केन्याबीचको खेल
काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसीं) विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसीएलसी) बिहान ९ बजेदेखि सुरु हुने भनेपनि अझै सुरु हुन सकेको छैन् ।
मौसममा सामानय सुधार आउन थालेपछि खेल सुरु हुन सक्ने संकेत देखिएको छ । यद्यपि, मौसमविद्हरुले आज आकाश सफा नरहने र बदली भइरहने जानकारी दिएका छन् । दर्शक छाता ओढेर केही पानीमा भिजेर भएपनि खेल हेर्न आएका छन् । कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेलाडी र दर्शक सबै पुगेपनि खेल भने सुरु अझै नभएको हो ।
मौसम खराबीका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेको हो । नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी केन्यासँग प्रतिस्पर्धा गर्दैछ । पानी परेकाले केही समस्या भएको आयोजकले जानकारी दिएको छ । केही बेरमा खेल सुरु हुने बताइएको छ ।