नेपाल र केन्या खेल सुरु
काठमाडौः विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको शनिबारको खेल घाम लागेसँगै सुरु भएको छ ।
पानीका कारण निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो खेल सुरु भएको हो । शुक्रबार देखि परेको अविरल वर्षाका कारण किर्तिपुर मैदानको पिच कभर गरिएको थियो। घाम लागेपछि खेल सुरु भएको हो ।