नेपाललाई चौथो झड्का : शदर भेषवाकर आउट
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसीएलर्सी) मा सरद भेषवाकर आउट भएसँगै नेपाललाई चौथो झड्का लागेको छ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी खेलमा, सुनिल धमला ३ रनमा आउट भएका थिए भने ज्ञानेन्द्र मल्ल २७ रनमा बोल्ड आउट भएका छन्। त्यसैगरी सागर पुन १० रन बनाएर आउट भए भने सरद भेषवाकर व्यक्तिगत तीन रन बनाएर क्याट आउट भएका छन्।
१९ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा ५६ रन बनाएको छ। भेषवाकर आउट भएपछि क्रिजमा विनोद भण्डारी आएका छन् । भण्डारीसँग दीपेन्द्रसिंह ऐरीले साझेदारी गर्दै छन्।