३५ ओभरमा अाठ विकेटको क्षतिमा १०३ रन
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसीएलर्सी) मा २३ ओभरको समाप्तिमा नेपालले १०३ रन बनाएको छ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी खेलमा, सुनिल धमला ३ रन र ज्ञानेन्द्र मल्ल २७ रनमा बोल्ड आउट भए भने सागर पुन १० रन बनाएर आउट भए । त्यसैगरी शरद भेषवाकर तीन रनमै आउट भइसकेका छन्। विनोद भण्डारी चार रनमै बोल्ड आउट भए भने मेहेबुब आलम दुई रनमै आउट भए । त्यसैगरी ५६ बलमा १९ रन बनाएर दीपेन्द्र एेरी आउट भए भने आठौ विकेटका रुपमा बसन्त रेग्मी ६ रन बनाउदै आउट भएका छन् ।
क्रिजमा शक्ति गौचन र सोमपाल कामी छन् । नेपाली टिमलाई दर्शकको उत्साह भने उत्तिकै रहेको छ।