प्रेम पराग प्रेमी
जीसाहित्यको नाममा जेजस्तो लेखेर पत्रपत्रिकामा वा किताब बनाएर छपाए पनि लेखक बन्न सकिन्छ भन्ने परिपाटीको क्रम भंग गर्दै समाज, राष्ट्र र अझ अघि बढेर मानवताका खातिर कुनै अनाम मान्छेले केही लेख्छ, तर त्यो लेखाइ छापामा देखिँदैन जुन लेखाइको चर्चा/परिचर्चा वा बहस मौखिक रूपमा चाहिँ हुने गर्छ भने त्यस्ता लेखाइलाई ‘साहित्य'को नामकरण गर्न सकिन्छ कि सकिन्न ? सँगसँगै, ‘त्यस्तो' लेख्ने मान्छेलाई ‘लेखक' वा ‘साहित्यकार'को उपाधि दिन मिल्छ कि मिल्दैन ? यिनै प्रश्नबीच यतिखेर खडा छन् प्रेमनारायण प्रेमी ।
जन्ममितिः संवत् १९९७ साल मंसिर
जन्मस्थानः ओखलढुंगा
आफूले आँखा खोलेदेखि नै आफ्नो समाजको वरिपरि व्याप्त अन्याय, अत्याचार, शोषणजन्य साम्राज्यका द्रष्टा प्रेमनारायणलाई समयले ‘कम्युनिस्ट' बनायो ।
‘कम्युनिस्ट.राजनीति सजिलो थिएन त्यति बेला ।' आफ्नो राजनीतिक कर्मको विगततर्फ फर्कन्छन् उनी । सायद यही अप्ठेरोलाई महसुस गरेर अलिक बेग्लै पाराको राजनीति गरे उनले ।
‘के थियो त्यस्तो बेग्लै पारा ? '
स्वभावैले माक्र्सवादबाट प्रेरित उनी परिवर्तनकामी थिए । समाजमा परिवर्तन ल्याउन राजनीतिक नाराभन्दा बढी साहित्यिक.सांस्कृतिक माध्यम प्रभावशाली हुन्छ भन्ने मूल अभीष्टका साथ उनले १८ वर्षको कलिलै उमेरमा चेतनामूलक प्रथम नाटक ‘देउता' लेखे । पञ्चायतकालको प्रादुर्भाव हुनुपूर्व नै राजतन्त्रको घोर विरोध गरेर लेखिएको ‘देउता'मा ‘राजा' शब्दमाथि गतिलो प्रहार गरिएको थियो । नाटकको एउटा सानो अंश.
राजाः के म विष्णुको अवतार हुँ भन्ने तपाईंलाई थाहा छैन ? चाहेँ भने म छिनभरमा दुनियाँलाई खाग पार्न सक्छु ।
पण्डितः सरकार, मुखमा रामराम गर्दै बगलीमा छुरा राखेर धर्म हुँदैन । गरिबको दुःखलाई नहेरी ढुंगाको मूर्तिमात्र पुजेर धर्म हुँदैन ।
राजतन्त्रको हालीमुहाली भएको त्यो परिस्थितिमा यस किसिमको विद्रोह गर्ने हिम्मतिलो कलमले न केवल यस्ता नाटक लेख्यो मात्रै होइन, ठूलो साहस बोकेर निडरतापूर्वक गाउँम.गाउँमा प्रदर्शनसमेत गर्यो र जनतामाझ परिवर्तनको बिगुल फुक्यो । प्रदर्शित उनका केही प्रमुख नाटक-
. विसं २०१५, देउता (रुम्जाटार, ओखलढुंगा)
. विसं २०२२, युगको हुरी, शान्तिको खोज, गोरेटो (ओखलढुंगा)
. विसं २०२४ शिक्षक, परदेशी जीवन (धुन्चे)
. विसं २०३७, रगत, पसिना र आँसु (फर्पिङ)
. विसं २०३७, रगत, पसिना र आँसु (त्रिवि अडोटारियम) ।
उनी नाटकमा स्वयं अभिनयसमेत गर्थे । अतीतको एउटा घटना जोड्छन् उनी, ‘ओखलढुंगा जिल्लाको स्कुलमा मास्टरी गर्थें म । त्यस बेला लेखेको प्रथम नाटक देउता लगातार दुई महिनासम्म टिकिट.शोमा प्रदर्शित भएको थियो ।'
तर दुःखको कुरो !
विसं २०३६ सालमा बहुदलको पराजयपछि दौडिरहेका मानिस एकाएक ठेस लागेर लडेका जस्ता भए प्रेमनारायण । यसरी लडेपछि उठेर हिँड्ने उनलाई फेरि कुनै जाँगर नै चलेन । उनले आफ्नो कलमलाई स्वयं वि श्रान्ति दिए ।
अर्कातर्पm, खुला राजनीतिबाट पनि झन्डैझन्डै पलायन भए ।
तर यहीँनिर एउटा चमत्कारजस्तो !
अचानक !!
देख्दा अचानकजस्तो तर अचानक होइन, २०१५ सालदेखि ०३६ सम्म उनले लेखेका तीन दर्जनभन्दा बढी नाटकका पाण्डुलिपि, जुन पञ्चायत कुव्यवस्थाका धुपौरेहरूले आगो लगाइदिएका थिए; त्यही आगोले खान नसकेका टुक्राटाक्रीहरू, प्रदर्शन गर्दा ताकाका पात्रहरूको आफ्नो भागको संवाद र केही सग्ला पाण्डुलिपिहरूको संगृहीत रूप ‘रगत, पसिना र आँसु' नामक पुस्तक बनेर दशकौं दशकपछि गत मंसिर २४ गते उनकै ७७औं जन्मदिनको दिन राजधानीमा विमोचित भयो ।
पुस्तक विमोचनका दिन अत्यन्त भावविह्वल हुँदै प्रेमनारायणले भने, ‘लडेको मान्छेलाई उठाइदिएर बाटोमा डोर्याइदिए ऊ बिस्तारै हिँड्न सक्दो रहेछ । हिँड्नेमात्रै के कुरा, ऊ कवि पनि बन्न सक्दो रहेछ, नाटककार पनि बन्न सक्दो रहेछ । हो, म लेखनबाट पूर्णतः अघोषित रूपमा सन्न्यास लिएर वि श्राम लिइसकेको मान्छेलाई कोही कसैले हात समातेर तान्दै बारम्बार जागृत गराइरह्यो ।'
को हो उनलाई जागृत हुन प्रेरणा दिने मान्छे ? को हो ऊ ? ?
उनकी छोरी हुन् तिनी. सम्झना प्रेमी ।
छोरी सम्झनाले किताब प्रकाशनका लागि उनलाई हरहमेसा घचघच्याइरहन्थिन्, त्यतिले नपुगेर अझ घुक्र्याइरहन्थिन् । उनैको करबल र आग्रहमा केही वर्षअघि प्रेमीको कवितासंग्रह ‘नओथारिएका चल्लाहरू' र ‘प्रेमीको जीवनयात्रा' पनि प्रकाशित भएका थिए । त्यसो त, प्रवासमा पढ्दै गरेको बखत उनले लेखेका केही कथा ‘सत्य कथा'मा प्रकाशित भएका थिए । तर लापरबाह जीवन बाँचेका प्रेमनारायणसँग तिनका झझल्कोमात्रै छ, अस्तित्वमा उनीसँग त्यो पत्रिकाका प्रतिहरू सुरक्षित छैनन् । यद्यपि, नेपालमा उनका कैयन् कथा छापिएका चर्चित पत्रपत्रिकाहरू पुस्तकालयहरूमा भेट्न सकिन्छ
०००
मूलतः समाजसेवामूलक राजनीतिक पृष्ठभूमिका मास्टर, इन्जिनियर, कवि, नाटककार, कथाकारको आयाममा विभक्त प्रेमनारायणको जीवनको खास उपलब्धि के त ? के उनी आफ्नो जीवनसँग सन्तुष्ट छन् ? एक हिसाबमा उनी दुःखी छन्, दुःखी यस मानेमा कि भारतबाट सिभिल इन्जिनियरको शिक्षा हासिल गरेका उनीसँग केवल घर बनाउने खाकामात्रै होइन देशैलाई समृद्ध बनाउने सपना थियो । सपनामात्रै होइन आकाां र त्यसभन्दा पनि बढी महत्ववाकांक्षा थियो । पछाडि फर्केर हेर्दा, त्यो सपना केवल सपनामै सीमित रहेको पाउँछन् उनी । खास गरेर आजको समयसम्म आइपुगेर विश्लेषण गर्दा, समाज.उत्थानका लागि समर्पित आफ्नो राजनीतिक त्यागको कुनै मूल्य पाउँदैनन् उनी ।
०००
आज, ‘रिटायर्ड लाइफ'को दिनचर्या बिताइरहेका छन् प्रेमनारायण । साथसाथै उनको नामसँग बाँचिरहेको छ एउटा मायालु शब्द ‘प्रेमी' । हो, उनको नामसँग जोडिएको अन्य कुनै पारम्परिक जात छैन, संस्कारी थर छैन उनीसँग । बस्, ‘प्रेमी' शब्द छ ।
कसरी जोडियो होला उनको नामसँग ‘प्रेमी'?
भावुक हृदय, दुखित.पीडितप्रति सहयागी भावना ! यही समग्रतालाई जीवनको सार मानेर स्कुले जीवनदेखि नै उनी यही बाटोमा केन्द्रित बने । सँगसँगै छातीभित्र प्रेमिल मुट त धड्किरहेकै थियो । र, साथीसँगीले उनको यही मूल चरित्रलाई एउटा विम्ब बनाएर सम्बोधन गरिदिए. ‘प्रेमी' । बस्, उनी सधैंका लागि ‘प्रेमी'को उपनामबाट परिचित भए । आजसम्म, आपूmजस्तै मान्छेहरूसँग प्रेम बाँडिरहन र तीबाट माया पाइरहन केवल यही ‘प्रेमी' शब्द नै पर्याप्त छ उनका लागि ।
अन्तमा,
०२१.०२२ सालतिरको कुरो,
रत्नशमशेर थापाले एउटा गीत लेखेका थिए.
गोरेटो त्यो गाउँको
लौ न आज खोजी.खोजी थाकेँ नि
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ...
प्रेमध्वज प्रधानले गाएर राष्ट्रव्यापी प्रतिस्पर्धामा प्रथम स्थान पाएको यो गीत ‘हिट' थियो उसबखत । ठीक त्यही समयका युवक प्रेमनारायणको मनमस्तिष्क किन अछूत रहन्थ्यो, यस्ता शब्दहरूबाट ? यही गीत गुनगुनाउँदा गुनगुनाउँदै यथार्थमा उनले गोरटो पहिल्याए, मायाको । अर्थात् कसैसँग उनको दिल बस्यो । संयोग ! त्यो दिल थियो उनको आफ्नै नामसँग मिल्दो ‘प्रेमकुमारी'को । हुर्कंदै गयो दुई ‘प्रेम'हरूबीच ‘प्रेम'को बिज । र, त्यही प्रेमको उपज, उनको आजको खुसहाल दाम्पत्यसँगै छोरी सम्झना रमाइरहेकी छन् । आफ्नो कर्तव्यनिष्ठ छोरीमाथि मायाभन्दा पनि बढी उनको अपार श्रद्धा छ । सगर्व उनी भन्छन्, ‘जन्मले सम्झना मेरी छोरी, तर उनमा मेरी आमाका प्रतिविम्ब देख्छु म ।'
०००
समयले कसैलाई चिन्न सक्दैन, छुट्ट्याउन सक्दैन । सम्भवतः समयको यही अलमल चस्माबाट खुट्टिन नसकेका दृश्य हुन् प्रेमनारायण ‘प्रेमी' । हेर्न जाने त्यो दृश्यमा, खास गरेर साहित्यप्रेमीले जीवनका सबै खाले रस प्राप्त गर्न सक्छन् ।