बिजुली बलेपछि नाचगान र भोज

बिजुली बलेपछि नाचगान र भोज

बेनीः जिल्ला सदरमुकाम बेनीदेखि दुई दिनको पैदल दूरीमा पर्ने मल्कबाङ गाविसमा लघुजलविद्युत् परियोजना सम्पन्न भएपछि स्थानीयले नाचगान र भोजभतेर गरी खुसियाली मनाएका छन् । गाउँनजिकैको नन्दीबाङ खोलाबाट ४२ किलोवाट लघुजलविद्युत् निर्माण सम्पन्न भएपछि मल्कबाङका १ देखि ६ वडाका दुई सय १२ घरधुरी झलमल्ल छन् ।

विभिन्न संघसंस्थाको सहयोग र स्थानीय श्रमदानले गाउँमा बिजुली बलेपछि शुक्रबार दिनभर गाउँलेले नाचगान र भोजभतेर आयोजना गरेको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर छन्त्यालले जानकारी दिए । ‘टुकीको भरमा बस्नुपर्ने दिन सकिएका छन्, त्यही खुसियालीमा हामीले नाचगान गर्‍यौं । अब गाउँमै टीभी, इन्टरनेट र राइस कुकरमार्फत खाना पकाउन सक्ने भयौं', उनले भने ।

दुई वर्षदेखि निर्माणाधीन आयोजनाका लागि दुई करोड १७ लाख ७९ हजार रुपैयाँ खर्च भएको छ । आयोजना निर्माणमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र राष्ट्रिय ग्रामीण नवीकरणीय ऊर्जा कार्यक्रमले धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र (डीसीआरडीसी) बागलुङमार्फत ८१ लाख ९० हजार, मल्कबाङ गाविसको पाँच लाख ५६ हजार र जिविसको दुई लाख रुपैयाँ लगानी भएको छ ।

स्थानीयले घरधुरीका हिसाबले एक करोड ५९ लाख २६ हजार नगद र ५८ हजार ५३ रुपैयाँ श्रमदान गरेको अध्यक्ष छन्त्यालले जानकारी दिए । ‘मल्कबाङ गाविसबाट विश्वका विभिन्न ठाउँमा पुगेका दाजुभाइबाट हामीलाई ठूलो सहयोग प्राप्त भएको छ', उनले भने । साउदी अरब, कतार, दुबईलगायत अस्ट्रेलिया , जापान, कोरिया र बेलायतबाट ५७ लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले बताए ।


दुई वर्ष अघि सुरु भएको आयोजना निर्माण पूरा गर्न दुई करोड १७ लाख ७९ हजार रुपैयाँ खर्च भएको छ ।

बिजुलीका लागि स्थानीय आफ्नो अन्नपात बेचेरसमेत लगानी गरेको आर्थिक संकलन समितिका संयोजक अमर छन्त्यालले बताए । ‘सरकारले पनि सहयोग नगरेको होइन तर त्यति सहयोग पर्याप्त भएन', उनले भने, ‘आधा रकम हामीले जुटाउनुपर्दा भने समस्या भयो ।' परियोजना उद्घाटन कार्यक्रममा सल्लाहकार भक्तबहादुर छन्त्यालले परियोजना सम्पन्न गर्न हम्मेहम्मे परे पनि अब भने सुनौला दिन सुरु हुने बताए ।

श्रमदान र आफ्नै लगानी बढी भएका कारण परियोजनालाई दीर्घकालीन रूपमा सञ्चालन गर्न न्यून महसुल निर्धारण गरिएको छ । ‘कसैलाई भार नपर्ने गरी मासिक शुल्क निर्धारण गरेका छौं, विद्यालय, सार्वजनिक भवनलगायतमा निःशुल्क बिजुली दिनेछौं', आर्थिक संयोजक छन्त्यालले भने, ‘वृद्धवृद्धा र अपांगता भएका घरमा निःशुल्क बिजुलीको व्यवस्था गरिएको छ ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.