मुसहर बस्तीमा होलीको रौनक (फोटोफिचर)

मुसहर बस्तीमा होलीको रौनक (फोटोफिचर)

महोत्तरीः बषौँदेखिको पीडाको घुम्टो खोलेर सोमबार महोत्तरी बर्दिबासको मुसहर बस्तीका स्थानीयहरु होलीको खुसियाली साटासाट गर्न बाहिरिए। होलीमा सामूहिक रुपमा भोज खान घर घरबाट चाम, मासु र रंग अविर किन्न रुपैंया संकलन गरे।

केहीले भोज पकाउन दाउरा संकनल गरे। केही भोजको सरसमान लिन साइलक चढेर नजिकैको बर्दिबास बजार पुगें।स्थानीयहरु धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरी रहेको एकीकृत नमूना मुसहर बस्तीमा बिहानैदेखि साबेल, तगारी बेकेर श्रमदान गर्न गए।होलीको दिन पनि रमाइलो गर्दै मुसहरहरु बस्ती निर्माणको काममा खटिए।

बिहान ११ बजे मुसहर बस्तीका बालबालिका, युवा-युवती र वृद्धवृद्धा सहित २७० जनाले एकै आगनमा बसेर खाना खाए। खुशीका साथ एक अर्कालाई रगं लगाए। होलीको उत्सवको शुभकामना आदान प्रदान गरे। होली है भन्दै जोगिरा सरर.... भन्दै नांचगान गरेर रमाइलो गरे।

धर्मुस सुन्तलीको साथ पाएपछि गाँस बाँस, कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सुविधाबाट पछि परेका मुसहरहरुको दैनिकी फेरिएको छ।रहनसहन, बोलीचाली र व्यवहार समेत फेरिएको छ।मुसहरहरु पहिला पहिला आफ्नै जीवनको बारेमा सोंच्दैन्थे।तर अब उनीहरुको पनि चेत खुलिसकेको छ।सामूहिक रुपमा बस्ती बनाइरहेका उनीहरुले आफ्नो बच्चालाई स्कूल पठाउँने गरेका छन्।मासिक बचत गर्छन्।

यो बर्षको जस्तो होली जीवनमा कहिले पनि मानेका थिएनौं,' बस्तीकी ५५ बर्षीया मानकी सादाले भनिन्,‘ सगैं बसेर भोज खायौं।रंग अविर लगायौं।बैशाखमा नयाँ घरमा सर्दैछौं।यो सबै हामी मुसहरहरुको लागि नयाँ कुरा हो।' हिमाल, पहाड, तराइको महान पर्व होलीको दिन मुसहर बस्तीका लागि कहिले पनि नबिस्र्ने क्षण बनेको स्थानीय कारीया माझी मुसहर बताउँछन्।

‘हाम्रो हाल खबर सोध्न कोही आउँदैन्थे।यसपालीको होलीमा छिमेकी गाउँलेहरु पनि हाम्रो गाउँमा रंगअविर लिएर हामीसंग होली मनाउन आए।सँगै नाचे,' मुसहर बस्तीका ६० बर्षीय रामजी सदाले भने, 'धुर्मुस सुन्तलीले हाम्रो पक्की घर मात्रै बनाएनन्, हाम्रा छिमेकी र हामी सबैको दिल, दिमाग र मन पनि बनाइदिए।हिजो छिः छि दुर्दुर गर्नेहरु होलीमा अविर रंग बोकेर बस्ती पसे।यो भन्दा हाम्रो लागि ठूलो खुशी के हुन सक्छ।'

पुस्तौं पुस्तादेखि दुःखै दुःखको जीवन बाँच्न बाध्य भएका मुसहरहरुको रङ्गहीन जीन्दगीमा हाँस्य कालकार धुर्मुस-सुन्तलीले सप्तरंगी रंग भरीदिएको कक्षा १२ मा पढिरहेका बस्तीका १८ बर्षीय मञ्जय सदाले बताए। वैखाशमा मुसहरहरु एकीकृत बस्तीमा बन्दै गरेको नयाँ घरमा सर्दैछन्।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.