पुनर्निर्माणमा सक्दो सहयोग गर्न तयार छौं: विश्व बैंक

पुनर्निर्माणमा सक्दो सहयोग गर्न तयार छौं: विश्व बैंक

काठमाडाैं: विश्व बैंकले नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि थप सहयोग गर्ने घोषणा गरेको छ। राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलसंग सोमबार भएको भेटमा विश्व बैंकका कार्यकारी निर्देशक एण्डिन ह्याडियान्तोले बैंक पुनर्निर्माणमा थप सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।

भेटमा कार्यकारी निर्देशक ह्याडियान्तोले असल बिकास साझेदार संस्थाका रुपमा विश्व बैंक नेपालको बिकासमा निकट सहयोगीका रुपमा काम गर्दै आएको भन्दै भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको सहयोगलाई थप प्रभावकारी बनाउने बताए। पुनर्निर्माणमा देखिएका चुनौतीवारे जिज्ञासा राख्दै उनले विश्व बैंकको सहयोगमा संचालित विभिन्न परियोजनालाई सफल बनाउन सरकारी सयन्त्रबीच थप समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका थिए।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले पुनर्निर्माणमा देखिएका चुनौतीलाई सामना गर्न विकास साझेदार संस्थाको पनि महत्वपूर्ण भूमिका हुने बताए। पोखरेलले भूकम्पले भत्किएका निजी आवास, शैक्षिक संस्था र स्वास्थ्य सेवासंग सम्बन्धित संरचनालाई प्राथमिकता दिएर काम गरिरहेको बताए।

ह्याडियान्तोले अन्य केही मुलुकको उदाहरण दिँदै नेपालमा संचालन हुने गरेका विकास परियोजनाको गतिलाई तीव्रता दिनुपर्नेमा जोड दिए। प्राधिकरणका सिइओ पोखरेलले सरकारी संयन्त्रमा हुने गरेका विभिन्न प्रक्रियागत कठिनाइले पुनर्निर्माणको काममा पनि ढिलाई भएकोप्रति समेत उनले चासो राखेको बताए।

कार्यकारी निर्देशक ह्याडियान्तोले पुननिर्माण कोष कार्यान्वयनमा भइरहेको ढिलाईप्रति समेत चासो राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.