आक्रोशित जनताले थुने स्थानीय विकास अधिकारी

आक्रोशित जनताले थुने  स्थानीय विकास अधिकारी

स्याङ्जा: स्याङ्जाका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्याललाई श्रीकृष्ण गण्डकी गाविस-८ मर्मि स्थित भगवती माध्यमिक बिद्यालयको सभाहलमा थुनेर राखिएको छ् ।

मिर्मिमा सेवा केन्द्र राख्ने दलीय सहमति विपरीत बिर्घामा सेवा केन्द्र सारिएको बिरोधमा मिर्मिका जनताले स्थानीय विकास अधिकारी अर्याल सहित करिब दुई सय जनालाई सोमबार दिउँसो साढे दुई बजेदेखि थुनेर राखेका छन् । बिर्घा सेवा केन्द्र सारेको बिरोधमा मिर्मि बजार बन्द गरिएको छ । सयौं स्थानीयबासीले बिद्यालयलाई घेरा हाली नारावाजी गरिरहेका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई सम्झाई बुझाई ताला खुलाउने प्रयास गरे पनि सफल हुन सकेको छैंनन् । स्थिती नियन्त्रणमा लिन स्याङ्जाका प्रहरी नायब उपरीक्षक बिरबहादुर पुलामीको नेतृत्वमा थप सुरक्षाकर्मीको टोली त्यसतर्फ पठाईएको प्रहरी उपरीक्षक देवबहादुर वोगटीले जानकारी दिए ।

जिल्ला प्राविधिक समितिले दलीय सहमतिमा मिर्मि सेवा केन्द्र कायम गरेको थियो । तर, दलीय सहमति विपरित सेवा केन्द्र बिर्घामा सारिएको खवर पाएपछि स्थानीयबासी आक्रोशित भएका हुन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.