भारतमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु, एक बेपत्ता
बैतडीः भारतको पिथौरागढमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु भएको छ। अर्का एक नेपाली बेपत्ता भएका छन्।
मृत्यु हुनेमा बैतडीको पुुरचौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती–८ का २१ वर्षीय शरद कुँवर रहेका छन्। दार्चुला हुती–८ कै २० बर्षिय भुपेन्द्र कुँवर हिमपहिरोमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए।
भारतको पिथौरागढको विकट बुदीको सुवा भन्ने ठाँउमा उनीहरु २६ गते राति हिमाली च्याउ खोज्न गएको बताइएको छ। मृतक दुवैको शव सोमवार परीक्षणका लागि भारतको धार्चुलामा रहेको एक अस्पतालमा राखिएको छ।
बेपत्ता एक नेपालीको खोजी कार्य जारी रहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै दार्चुला प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
७