सहकारीमार्फत किसानलाई २० करोड कर्जा

सहकारीमार्फत किसानलाई २० करोड कर्जा

इलाम: इलामका विभिन्न सहकारी संस्थामा बाह्य बैंक तथा वित्तीय संस्थाले लगानी सुरु गरेपछि उद्यमका लागि ग्रामीण किसानसम्म सहज रूपमा कर्जा पुग्न थालेको छ । अहिलेसम्म इलामका विभिन्न गाउँमा सहकारीमार्फत २० करोड रुपैयाँ लगानी भएको छ ।

माघ मसान्तसम्म इलामका ६३ वटा सहकारी संस्थामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको ऋण रकम २० करोड पुगेको समृद्ध पहाडका क्षेत्रीय संयोजक सुदिप श्रेष्ठले जानकारी दिए । लगानी गर्नेमा राष्ट्रिय सहकारी बैंक, एनएमबी बैंक, ग्रामीण लघुवित्त विकास केन्द्र, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, प्राइम बैंक, साना किसान बैंक र नेपाल राष्ट्र बैंक छन् । यी बैंकमध्ये राष्ट्रिय सहकारी बैंकले मात्र शाखा विस्तार गरी सेवा पु¥याउँदै आएको छ ।

इलाम जिल्लामा १४ वटा थोक कर्जा उपलब्ध गराउन पाउने अख्तियारप्राप्त बैंकका शाखा भए पनि हाल सहकारी बैंकले मात्र थोक कर्जाको कारोबार गर्दै आएको हो । बैंकले नेपाल बैंकको सर्कुलरबमोजिम विपन्न वर्गलाई लक्षित गरी सहकारीमार्फत कर्जा उपलब्ध गराउँदै आएका हुन् । सहकारी संस्थालाई थोक कर्जा लगानी गर्ने उद्देश्यले स्थापित भएको सहकारी बैंकले इलामका ग्रामीण भेगमा पछिल्लो समय आक्रमक रूपले लगानी सुरु गरेको छ । यसले जिल्लाका एक दर्जनभन्दा बढी सहकारी संस्थालाई थोक कर्जा र लघुवित्त कर्जा उपलब्ध गराएको छ ।

पछिल्लो समय बैंकको सेयर सदस्य बन्ने र थोक कर्जा माग गर्ने सहकारीको संख्यामा उल्लेख्य वृद्धि भएको बैंकका शाखा प्रबन्धक उपेन्द्र दाहालले बताए । उनले भने, ‘थोक कर्जा लिएर सहकारीले आफ्नो पुँजी, बचत तथा नाफा वृद्धि गरेको देखेर अन्य सहकारीको थोक कर्जा मोह इलाममा बढ्दै गएको देखिन्छ ।’ सहकारी बैंकको मात्र इलाममा पाँच करोड १४ लाख थोक कर्जा परिचालित छ ।

पूर्वी पहाडमै पहिलो पटक पाँचवटा सहकारी संस्था मर्ज भई बनेको सफल बहुउद्देश्यीय सहकारी संस्थाले मर्जर हुँदा तीनवटा सहकारी संस्थाको थोक कर्जा दायित्व लिएको थियो । एनएमबी बैंक, जिल्ला विकास समितिको स्थानीय विकास कोष र युवा स्वरोजगार कोषमार्फत सदस्यमाझ लगानी गरेको उक्त सहकारीले मर्जरपछि सदस्यको मागबमोजिम सहकारी बैंकमार्फत कर्जा थप गरी वितरण गरेको छ । बाह्य ऋणको सहयोगले गाउँमा चर्को ब्याजदरमा ऋण लगानी गर्ने लघुवित्त बैंकलाई विस्थापित गर्ने लक्ष राखेको सहकारीका व्यवस्थापक भीम राईले बताए । उनले भने, ‘सरल ब्याजदरमा थोक कर्जा लिएर आफ्ना सदस्यलाई सरल ब्याजदरमा लगानी गरेपछि सहकारीतर्फ मानिसको आकर्षण पनि बढ्दै गएको छ ।’

समृद्ध पहाड परियोजनाले पाच वर्ष पहिले पूर्वी पहाडमा बैंक तथा वित्तीय संस्थालाई थोक कर्जा लगानी गर्ने वातावरण तयार गरेपछि जिल्लामा थोक कर्जाको आकर्षण बढेको हो । महिला जागरण संघ इलामले सञ्चालन गरेका विभिन्न परियोजनाले थोक कर्जा प्रवद्र्धन गर्न र प्रत्येक सहकारीका ऋणीलाई वित्तीय साक्षरता तालिम उपलब्ध गराउने लक्ष्य राखी परियोजना सञ्चालन गरिरहेको छ ।

समृद्ध पहाड परियोजनाले सञ्चालन गरेको परियोजनाका कारण पनि वित्तीय संस्था आकर्षित भई बिनाधितो ऋण लगानी गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थासँग थोक कर्जा लिएर लगानी गरी आफ्ना सेयर सदस्यलाई उद्यमी बनाउने लहर इलामका सहकारी संस्थामा चल्न थालेको छ । विगत चार वर्षयता सहकारी संस्थालाई ठूला वित्तीय संस्थाले थोक कर्जा लगानी गर्न थालेपछि इलामका सहकारी संस्थाको कारोबारमा पनि वृद्धि भएको सहकारी संस्थाका सञ्चालकले बताएका छन् । इन्फो लगानी गर्नेमा राष्ट्रिय सहकारी बैंक, एनएमबी बैंक, ग्रामीण लघुवित्त विकास केन्द्र, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, प्राइम बैंक, साना किसान बैंक र नेपाल राष्ट्र बैंक छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.