दिल्लीमा ‘बुलेट टु व्यालेट’मा बाबुरामको सम्बोधन
काठमाडौंः पूर्व प्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले बुधवार नयाँ दिल्लीमा ‘बुलेट टु व्यालेट’ शीर्षकमा बुधवार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
गैरसरकारी संस्था इण्डिया फाउण्डेशनले आयोजना गरेको काउन्टर टेरोरिज्म कन्फरेन्समा सहभागी हुन पूर्व बिद्रोही नेता भट्टराई मंगलबार अपरान्ह दिल्ली प्रस्थान गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ। मंगलबारदेखि शुरु भएको सो सम्मेलनमा भाग लिन उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि पनि दिल्ली पुगिसकेका छन्। मंगलबारदेखि शुरु भएको सम्मेलन बिहिबार सकिनेछ।
भट्टराईले मार्च १९ मा नयाँ शक्ति नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुको अन्तरक्रिया कार्यक्रममा सहभागीता जनाउने छन्। भट्टराई नयाँ दिल्लीमा २० मार्चमा आयोजना हुने नेपालीहरुसँगको अन्तरक्रियामा सहभागी हुनेछन्।
नयाँ शक्ति नेपालका अनुसार नयाँ दिल्लीमा रहदा भट्टराईले भारतका राजनीतिक नेताहरु,नेपाल भारत सम्बन्धका जानकार बुद्धिजीवी,नागरिक समाजका अगुवाहरुसँग भेटघाट गर्नेछन् ।