मधेसी नेतालाई नेम्वाङको चेतावनी : एमालेलाई जनताबाट ‘ठेगान’ लगाउनुहोस्

मधेसी नेतालाई नेम्वाङको चेतावनी : एमालेलाई जनताबाट ‘ठेगान’ लगाउनुहोस्

काठमाडौं : एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले निर्वाचनमा गएर एमालेलाई जनताबाट ‘ठेगान’ लगाउन चेतावनी दिएका छन्।

मंगलबारको व्यवस्थापिमा संसद् बैठकमा बोल्दै नेता नेम्वाङले एमालेको मेची–महाकाली अभियानको विरोधमा मधेसी मोर्चा उत्रिएको प्रति लक्षित गर्दै चेतावनी दिएका हुन्। ‘संविधान नहारोस्, जनता नहारुन, चुनावमा जाऔँ, एमाले चुनाव हार्न तयार छ’, नेम्वाङले भने, ‘मधेसी साथीहरु निर्वाचनसँग सम्बन्धित आन्दोलन गर्नुहोस्, एमालेलाई जनताबाट ठेगान लगाउनुहोस्।’

नेता नेम्वाङले एमालेको मेची-महाकाली अभियान कसैका विरुद्ध नभएको समेत प्रष्ट पारे। ‘एमालेको अभियान जिद्धी र दम्ब हो भन्ने लाग्छ भने जनतामा त्यही कुरा राख्नुहोस् र चुनावमा जानुहोस् एमालेलाई जनताले ठिक पार्छन्,’ पूर्वसभामुख समेत रहेका नेम्वाङले भने।

नेता नेम्वाङले वर्तमान अवस्थामा संविधान संशोधन प्रस्ताव पास गर्न नसकिने दाबी गर्दै त्यसलाई यथास्थितिमा राखेर जनतामा जानुपर्ने बताए। उनले चुनावको विकल्प नभएको समेत प्रष्ट पारे।

सँगै नेम्वाङले वैशाख ३१ गते हुने स्थानीय निर्वाचनले जनताको अधिकारलाई सिंहदरबारबाट घरघरमा पुर्याउने दाबी गरे। ‘वैशाख ३१ गते स्थानीय निर्वाचन भए जनता यत्ति धेरै अधिकार सम्मपन्न हुन्छन् कि सिंहदरबारको अधिकार सबै जनताको घरघरमा पुग्छ’, नेता नेम्वाङले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.