पूर्व पदाधिकारीको सुविधा सम्बन्धी विधेयक स्वीकृत
काठमाडौँ : व्यवस्थापिका-संसद्ले पूर्व पदाधिकारीको सुविधासम्बन्धी विधेयक २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।
उक्त विधेयक उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले प्रस्तुत गरेका थिए। नेपाल मजदूर किसान पार्टीले भने विधेयकको विपक्षमा मतदान गरेको छ ।
विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री नायकले पूर्व पदाधिकारीले राष्ट्र र जनताका लागि गरेको योगदानको कदरस्वरुप सुविधासम्बन्धी उक्त विधेयक ल्याइएको बताए ।
मन्त्री नायकले भने, ‘राष्ट्रिय ढुकुटीको क्षमता हेरेर, त्यसलाई व्यवस्थित तुल्याउन कानुन बनाएर र विधेयकलाई परिमार्जन गरेर मात्रै अन्तिम निष्कर्षमा पुर्याइने छ ।’ रासस
प्रतिक्रिया दिनुहोस !
७