दिल्लीमा गृहमन्त्री निधिले सुरु गरे राजनीतिक भेटवार्ता

दिल्लीमा गृहमन्त्री निधिले सुरु गरे राजनीतिक भेटवार्ता

काठमाडौं : प्रति आतंकवाद सम्बन्धी तेस्रो अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन सोमबार साँझ नयाँ दिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि र भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहबीच मंगलबार भेटवार्ता भएको छ।

सिंहको निवासमा भएको भेटमा पूर्व प्रधानमन्त्री सिंहले दुई देशीचको सम्बन्ध, नेपालको शान्ति प्रकृया र विकासका बारेमा जिज्ञासा राखेका छन् । भेटमा गृहमन्त्री निधिले नेपालको पछिल्लो राजनीतिक अबस्थाबारे जानकारी गराएको उनका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए ।

भेटमा पूर्व प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरतापछि विकास निर्माणको कामले गति लिने उल्लेख गर्दै एउटा असल छिमेकीका नाताले भारत सधैं नेपालमा राजनीतिक स्थिरता भएको हेर्न चाहेको बताएका छन् ।

उनले दुई देशबीचको पुरानो सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै भोलिका दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए । भेटमा उपप्रधानमन्त्री निधिका साथ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए।

सँगै, मंगलबार नै गृहमन्त्री निधिले भारतीय कम्युनिष्ट पार्टीका नेता डीपी त्रिपाठीसँग पनि भेटघाट गरेका छन् । भेटमा दुई देशबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.