रक्षामन्त्रीले जवानसँगै मेसमा खाना खाएपछि...

 रक्षामन्त्रीले जवानसँगै मेसमा खाना खाएपछि...

काठमाडौँ: रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेनाको नारायणहिटीस्थित उपत्यका पृतना मुख्यालयको आज निरीक्षण गरेकमा छन्।

निरीक्षणका क्रममा उनले पृतनाले विपद् व्यवस्थापन र उपत्यका लगायतका जिल्लामा शान्ति सुव्यस्था कायम राख्न खेल्दै आएको भूमिकाबारे जानकारी लिए।

रक्षामन्त्री खाँणलाई पृतनापति उपरथी शरदकुमार गिरीले उपत्यका पृतनाको कार्यक्षेत्र र दिएको जिम्मेवारी, जनशक्ति र यहाँबाट हुने कार्य सम्पादनका बारेमा जानकारी गराए।

सो अवसरमा रक्षामन्त्री खाँणले नेपाली सेनालाई आधुनिकीकरण र क्षमता अभिवृद्धि गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली सेनाले शान्ति सुव्यस्था एवम् विपद् व्यवस्थापनमा गरेको कार्यको प्रशंसा गरे। निरीक्षणपछि रक्षामन्त्री खाँणले जवानका मेसमा जवानसँग बसेर खाना खाएका थिए।

सो अवसरमा जवानहरुले सेनालाई बिहानको खाजामा दिइँदै आएको चना र अण्डामा रोटी वा पाउरोटीलाई पनि समावेश गरिदिन हुन रक्षामन्त्रीसँग अनुरोध गरेका थिए। निरीक्षण भ्रमणमा रक्षा सचिव श्रीधर सापकोटा पनि सहभागी थिए। रासस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.