सान्सुईका नयाँ एलईडी टीभी

सान्सुईका नयाँ एलईडी टीभी

काठमाडौः सान्सुईले नेपाली बजारमा थप दुई नयाँ मोडलका एलईडी टीभी भित्र्याएको छ । कम्पनीले नेपाली ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ टीभी भित्र्याएको हो । कम्पनीले मोडल ५५डीएन४युई र ४२डीएन४एफई बजारमा ल्याएको छ ।

कम्पनीका अनुसार मोडल ५५डीएन४युई टीभी ५५ इन्चमा उपलब्ध छ । अल्ट्राहाई डेफिनेसन (युएचडी) प्यानल रहेको यो टीभी फोरकेमा आधारित छ । जसले उत्कृष्ट डिस्प्लेका साथमा आनन्ददायी टीभी हेराइको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । डब्ली साउन्ड सिस्टममा आधारित यो टीभीमा एलईडी ब्राइटनेस प्रविधिको प्रयोग गरिएको छ ।

यसमा प्रयोग भएको मेगा कन्ट्रास्ट रेसियोले उत्कृष्ट भिडियो अनुभव प्रदान गर्नेछ । टीभीले युएबीका साथै एचडीएमआई सपोर्ट गर्नेछ । तीन महिनाअघि नेपाली बजारमा भित्रिएको यो टीभी खरिदमा ग्राहकले १२ महिनासम्मको वारेन्टी पाउनेछन् । यसका साथै कम्पनीले ४२डीएन४एफई मोडलको टीभी पनि बजारमा ल्याएको छ । ४२ इन्चमा उपलब्ध यो टीभीको फिचर्स ५५डीएन४युई जस्तै रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.