यस्तो छ कोरियन भाषा परीक्षामा अनलाइनबाट आवेदन दिने तरिका

यस्तो छ कोरियन भाषा परीक्षामा अनलाइनबाट आवेदन दिने तरिका

काठमाडौः रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सञ्चालन गरिने आठौँ कोरियन भाषा परीक्षाका लागि अनलाइनमार्फत् आवेदन सक्ने व्यवस्था गरिएको छ ।

परीक्षमा सहभागी हुन चहानेले चैत्र ९ देखि १८ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । आवेदनको समयमा आवेदकको चापका कारण सर्भरमा समस्या उत्पन्न नहुनेमा एपीएस कार्यलय आशावादी देखिएको छ ।

आवेदनका लागि तोकिएको अवधिमा कुनै दिन सर्भर डाउन भइ आवेदन कार्य अबरुद्ध भएमा आवेदन अवधि बढाइने इपीएस कार्यलय निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।

पहिले प्रयोग गरिएको भन्दा ईन्टरनेट क्षमतालाई दोब्बर बनाइएको कार्यालयले जनाएको छ । धेरै आवेदक एकै समय लग इन हुँदा सर्भरमा समस्या आएमा इन्टरनेट सेवा प्रदायकसँग थप क्षमता वृद्धि गर्न आग्रह गरिने कार्यालयले जानकारी गराएको छ ।

भाषा परीक्षा आवेदनका लागि चैत्र ९ बाट मात्रै संचालन हुने गरी कार्यालयले eoers.epsnepal.gov.np साइटको व्यवस्था गरेको छ ।

उक्त साइटमा आवेदकले ग्लोबल आइएमई बैंकमा रकम डिपोजिट गरेको भौचर नम्बर उल्लेख गरे पश्चात फर्मका अन्य अप्सन खुल्ने व्यवस्था मिलाइएको छ । भाषा परीक्षा आवेदनका लागि २४ डलर बराबरको रकम बैंकमा जम्मा गर्नुपर्ने हुन्छ । आवेदकको पासपोर्ट स्कान मार्फत अटो रिडगरी विवरण स्वत भरिने गरी सहज बनाइएको छ ।

आवेदनका लागि तोकिएको मापदण्डमा फोटो अपलोड गर्नु पर्नेछ । फोटो अपलोड गर्दा प्राविधिक समस्या उत्पन्न हुन सक्ने हुँदा सचेत रहन आवेदकलाई खतिवडाले आग्रह गरे । भाषा आवेदनका लागि इपीएस कार्यलयले आवश्यक पूर्व जानकारी पनि सोही साइटमा उपलब्ध हुने जानकारी गराएको छ ।

आवेदनका क्रममा मोबाइल नम्बर र इमेल आइडी पनि उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही अनुसार फर्म सवमिट गर्दा आवेदकको मोबाइल नम्बरमा र इमेलमा आवेदन स्वीकृत भएको सूचना प्राप्त हुन्छ । आवेदकले प्राप्त इमेललाई रंगिन प्रिन्टगरी सक्कल पासपोर्ट सहित भाषा परीक्षाको समयमा उपस्थित हुनुपर्नेछ ।

उत्पादन र कृषि क्षेत्र मध्ये एक छानी फर्म भर्नु पर्नेछ । सिबिटीको अप्सन राखिए पनि नखुल्ने गराईएको इपीएस कार्यलयले जानकारी गराएको छ। कार्यालयले जेठ २७ र २८ का लागि भाषा परिक्षा लिने भएको छ ।

२०१८ को लागि संचालित भाषा परिक्षाबाट १० हजार दुइ सय उत्तीर्ण हुनेछन । दक्षिण कोरियाले कृषितर्फ कोटा बढाई छहजार दुई सय बनाएको छ भने उत्पादन क्षेत्रतर्फ चार हजार निर्धारण गरेको छ।

अनलाइन आवेदन पहिलो पटक अनलाइन मार्फत आवेदन सुरु गरेको इपीएस कार्यालयले पूर्व तयारीका लागि धरान, पोखरा, बुटवलका साथै उपत्यकाका दुई स्थानमा परीक्षण गरी सकेको छ । अनलाइन आवेदनका लागि एच आरडी कोरियाबाट प्राविधिक तथा आवश्यक सुझाव प्राप्त भएको खतिवडाले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.