‘भारतीय एसएसबीले नेपाली मारेको विषयमा राजनाथ र सुष्मासँग कुरा गर्छु’

‘भारतीय एसएसबीले नेपाली मारेको विषयमा राजनाथ र सुष्मासँग कुरा गर्छु’

नयाँदिल्ली : उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर सहिद भएका कञ्चनपुरका गोविन्द गौतमको हत्याको विषयमा भारतीय उच्च नेतासँग कुरा गर्ने बताएका छन्।

दिल्ली भ्रमणमा रहेका गृहमन्त्री निधिले बुधबार अन्न्पूर्ण पोष्टसँग कुरा गर्दै सीमा क्षेत्रका देखिएको तनावका विषयमा भारतीय उच्च नेतृत्वसँग गम्भीर छलफल गर्ने बताएका हुन्।

गृहमन्त्री निधिले बिहीबार भारतीय गृहमन्त्री राजनाथ सिंह तथा विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा गौतम हत्याको विषयमा कुरा राख्ने बताएका हुन्।निधिले बिहीबार बिहान साढे ११ बजे गृहमन्त्री सिंह र दिउँसो साढे दुई बजे विदेशमन्त्री सुष्मासँग भेटवार्ता गर्ने तालिका रहेको नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले जानकारी दिए।

गृहमन्त्री निधिले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘भारतीय गृहमन्त्री राजनाथ सिंह तथा विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा कञ्चनपुर घटनाको गम्भीरताको विषयमा कुरा उठाउँछु।’

यसअघि पराराष्ट्र मन्त्रालयले घटनाको छानबिनका लागि परारष्ट्र मन्त्रालय मार्फत् प्रकृया अघि बढाइसकेको छ। मंगलबार गृहमन्त्री निधिले कांग्रेस आइका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंह तथा नेशनलिष्ट कांग्रेसका नेता डीपी त्रिपाठीसँग भेट गरिसकेका छन्।

कञ्चनपुर घटनामा भारतीय एसएसबीको गोली लागेर मृत्यु भएका गौतमको बारेमा अनुसन्धानका लागि भारत सरकारले नेपाल सरकारलाई पोष्टमार्टम तथा फोरेन्सिक रिपोर्ट उपलब्ध गराउन आग्रह गरेको थियो।

स्रोतका अनुसार पोष्टमार्टम तथा फोरेन्सिक रिपोर्ट दिल्ली पठाइएकाे छ। नेपाल सरकारको गृहमन्त्रालय, विदेश मन्त्रालयमार्फत् भारतीय दूतावास काठमाडौं हुँदै नेपाली दूतावास दिल्लीमार्फत् सो रिपोर्ट भारत सरकारलाई बुझाउने तयारी छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.