लक्ष्मी इन्टरकन्टिनेन्टलले 'हुन्डाइ ओपन गल्फ'को आयोजना गर्ने

लक्ष्मी इन्टरकन्टिनेन्टलले 'हुन्डाइ ओपन गल्फ'को आयोजना गर्ने

काठमाडौं: नेपालको लागि हुण्डार्ईको आधारिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्ष 'हुन्डाइ ओपन गल्फ'को आयोजना गर्ने भएको छ।

उक्त टुर्नामेन्ट शनिबार गोकर्ण गल्फ क्ल्बमा आयोजना गर्न लागिएको हो। ओपेन गल्फ १८ होलमा स्टेबलफोल्ड फर्म्याटमा र तीन चौथाइ ह्यान्डीक्यापमा खेलिने छ। टुर्नामेन्टमा नेपालका १०० गल्फर्सहरुले प्रतिस्पधा गर्ने आयोजकले जनाएको छ।

गल्फ प्रतियोगितामा टाइटल विनर, फर्स्ट रनर अप, सेकेण्ड रनर अप, बेस्ट रनर अप, लेडिज विनर, सिनियर विनर (६० वर्ष उमेर माथिको), जुनियर विनर (१७ वर्ष उमेर मुनिको), हुन्डाइ ओनर क्याटेगोरी, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, मोस्ट बर्डिस क्याटेगोरी मा विजेता घोषणा गरिनेछ।

यसका साथै होली इन वान विजेतालाई उपहार स्वोरूप एक थान हुन्डाइ ग्रान्ड आइ टेन गाडी प्रदान गर्ने घोषणा गरिएको छ। हुन्डाइले विश्वभर नै गल्फखेलको बिकास रप्रबर्धन गर्ने हेतुले विभिन्‍न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ। जसमध्ये पीजीए टुरको टुर्नामेन्ट्स अप दि च्याम्पियन्स एक विश्व प्रतिष्ठित टुर्नामेन्ट भएको लक्ष्मी इन्टर कन्टीनेन्टल प्रा.ली. काकार्यकारी निर्देशकश्री निराकर श्रेष्ठले बताए।

उनले भने, नेपालमावार्षिक रूपमा हुन्डाइ ओपन गल्फ टुर्नामेन्ट आयोजन गर्न पाएकोमाहामीलाई धेरै खुशी लागेको छ। यस वर्षको ओपेन गल्फटुर्नामेन्ट सातौँ सस्करण होर हामीलाई आशा छ बिगतका वर्ष झैं, यस वर्षको टुर्नामेन्ट पनि रोमान्चक र प्रतिस्पर्धी हुनेछ।

यस किसिमको टुर्नामेन्टले नेपालमा गल्फ खेलको विकास र प्रबर्धन गर्न थप सहयोग गर्ने छ भन्ने बिश्वास लिएको छु। साथै भबिष्यमापनि यस किसिमका र यस भन्दाअझै ठुला टुर्नामेन्ट आयोजना गर्ने प्रतिद्धता जनाउँछौँ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.