विश्व बैंकको टोलीद्वारा चन्द्रागिरि भ्रमण
काठमाडौंः विश्व बैंकका कार्यकारी निर्देशक अदीन हदियान्तोले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक भ्रमण गरेका छन् । भ्रमणको क्रममा निर्देशक हदियान्तोले नेपालको निजी क्षेत्रको लगानीमा निर्माण गरिएको चन्द्रागिरि हिल्स नमुना परियोजना भएको बताए ।
यस्ता धेरै परियोजना निर्माण गरेर नेपालको पर्यटन उधोगलाई प्रवद्र्धन गर्दै राष्ट्रको आर्थिक विकास गर्न सकिने धारणा उनले राखेका छन् । यस्तो कार्य गरेकोमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उनको समूहको प्रशंसा गर्दै निर्देशक हदियान्तोले सबैलाई बधाइ तथा शुभकामना व्यक्त गरे । भ्रमण टोलीमा विश्व बैंकका नेपालस्थित प्रतिनिधि रेहन रसिदे उपस्थिति थियो ।
भ्रमणमा रहेको टोलीलाई चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवं सञ्चालक हेमराज ढकालले स्वागत गर्दै परियोजनाको स्थलगत अवलोकन गराएका थिए । टालीले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा रहेको चन्द्रागिरि डाँडामा कम्पनीले निर्माण गरेका पूर्वाधार विषेश गरी भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुका साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथालगायत अन्य हिम श्रृखलाको दृश्यावलोकन गरेको कम्पनीले जनाएको छ ।