ब्रिटिस कलेजद्वारा रक्तदान

ब्रिटिस कलेजद्वारा रक्तदान

काठमाडौंः  ‘द ब्रिटिस कलेज’का विद्यार्थीले कलेज परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । कलेजका विद्यार्थी संलग्न रहेको ‘सामाजिक उत्तरदायित्व क्लब’ले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

नोबेल हस्पिटलसँगको सहकार्यमा गरिएको कार्यक्रममा ६० जना विद्यार्थीले रक्तदान गरेको कलेजले जनाएको छ । रक्तदान कार्यक्रममा कलेजका निर्देशक महेन्द्र कँडेलले विद्यार्थीले विशुद्ध शैक्षिक ज्ञानमात्र नलिएर सामाजिक उत्तरदायित्वसमेत बहन गर्नुपर्ने बताए । उनले विद्यार्थीले पढाइका साथसाथै सामाजिक र परोपकारी काममा पनि आफूलाई क्रियाशील गराउँदै लैजानु पर्नेबताए ।

त्यसका लागि कलेजले सहयोगी भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरे । बेलायती विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी र युनिभर्सिटी अफ बेस्ट अफ इङ्ल्यान्डको सम्बन्धनमा बीएस्सी कम्प्युटिङ, बीबीए, एमएस्सी इन्टरनेसनल म्यानेजमेन्ट, एमबीए एक्जुकेटिभलगायतका कोर्स सञ्चालन गरिरहेको छ । आगामी वर्षदेखि कलेजले एमएस्सी इन्फरमेसन म्यानेजमेन्ट र एमबीए प्रोग्राम सञ्चालन गर्ने तयारी गरिरहेको छ । हाल ब्रिटिस कलेजमा अध्ययनरत १२ सयभन्दा बढी विद्यार्थी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.