सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसदमा दर्ता

सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसदमा दर्ता

काठमाडौंः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध पाँच दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता गराएका छन्। आफ्ना माग पूरा गराउन दबाब दिँदै उनीहरुले चरणबद्ध संघर्ष गर्ने बताएका छन्।

तराई मधेश लोकतान्त्रिक पार्टीका संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल, राष्ट्रिय मधेश समाजवादी पार्टीका संसदीय दलका नेता निर्जला राउत, तराई मधेश सदभावना पार्टीका संसदीय दलका नेता महेन्द्र राय यादव, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का संसदीय दलका नेता सरिताकुमारी यादव, सद्भावना पार्टीका संसदीय दलका नेता लक्ष्मण लाल कर्णले बिहिबार संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएका हुन्। संघीय समाजवादी फोरमले बुधवार नै समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो।

ती दलहरुले गत साउनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए। मधेशकेन्द्रित दलहरुको समर्थन फिर्तापछि पनि सरकारसँग बहुमत कायम छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.