‘राजनीतिक अस्थिरता समाप्त भयो, ढुक्क भएर लगानी गर्नुस्’

‘राजनीतिक अस्थिरता समाप्त भयो, ढुक्क भएर लगानी गर्नुस्’

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

भृकुटीमण्डपमा आयोजित छैटौं अन्तर्राष्ट्रिय व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको बताएका हुन्।

उनले सरकार आर्थिक विकासका लागि निकै सचेत रहेको बताए। आर्थिक विकासका लागि आवश्यक ऐन कानूनहरुलाई सरकारले पारित गर्ने काम अघि बढिरहेको उनले बताए। प्रधानमन्त्री प्रचण्डले सरकारले देशमा लगानी मैत्री वातावरण तयार गर्ने उद्देश्यले सरकारले ऐन कानूनहरु ल्याएको बताए।

निजी लगानी प्रवद्र्वन गरी मुलुकको आर्थिक सम्वृद्धि ल्याउन थप कानून ल्याउने गृहकार्य भइरहेको बताउँदै उनले मुलुकभित्र आर्थिक विकास र समृद्धिका लागि काम गर्न अपिल गरे। उनले भने,‘राजनीतिक स्थायित्व होला अनि आर्थिक विकासलाई अगाडी बढाउँला भनेर हामी कुरेर बस्ने अवस्था अव छैन। प्रतिकूलताभित्र अनूकूलता पत्ता लगाउँदै अगाडी बढ्नुको विकल्प छैन।’

अन्तर्राष्ट्रिय व्यापार मेलाले नेपालका तुलनात्मक लाभका वस्तुहरुको विश्व बजारमा प्रवद्र्धन गर्न सघाउ पु¥याउने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.