लाशको राजनीति गरेर एमालेको वदनाम गर्न खोजियोः गौतम

लाशको राजनीति गरेर एमालेको वदनाम गर्न खोजियोः गौतम

धनगढीः नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले मधेसी मोर्चाले लाशको राजनीति गरेर एमालेको वदनाम गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।

मेची–महाकाली अभियान अन्तर्गत कैलालीको धनगढीमा बिहीबार दिउँसो आयोजित सभालाई सम्बोधन गर्दै गौतमले भने,‘एमालेको विरोध गर्न साना व्यक्तिहरुलाई रक्सी, सुईँ लगाएर लठ्ठ पारेर हाम्रो विरोध गर्न पठाउँछन्। त्यत्तिमात्रै होइन उनीहरुले मार्ने योजनाका साथ पठाउँछन् र मरिसकेपछि लाशको राजनीति गरेर एमालेको वदनाम गराउन खोज्छन्।’

उनले लाशको राजनीति गरेर एमालेको वदनाम गराउन खोज्नेहरुको आफ्नै वदनाम भइरहेको बताए। उनले कसैले एमालेलाई सध्याउने प्रयास गरे उनीहरु आफै समाप्त हुने चेतावनी दिए।  गौतमले भने,‘कालो झन्डा आफ्नै अनुहारतिर देखाएर एमालेलाई कालो झन्डा देखायौं भन्नेहरु आफै समाप्त भइरहेका छन्।’ उनले अब एमालेको विरोध गर्न कुनै विषय नरहेकाले अहिले फेरि संविधान संशोधनको विषय अगाडि सारेको आरोप लगाए।

उनले भने,‘एमालेको विरोध गर्नै नेपाली कांगेस, मधेसी मोर्चा लगायत अन्य दलहरुसँग कुनै विषय वस्तु छैन। त्यसैले उनीहरुले अब संविधान संशोधनको विषय अघि सारेका छन्।’ उनले सरकारी कामकाजीको भाषा नेपालीमात्रै नभएर हिन्दी भाषा पनि हुनु पर्यो भनेर मधेसी मोर्चाले संशोधनको कुरा उठाएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.