अब संविधान संशोधनको सम्भावना टर्‍यो: रायमाझी

अब संविधान संशोधनको सम्भावना टर्‍यो: रायमाझी

काठमाडौंः सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन्।

रायमाझीले मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हाललाई संविधान संशोधन टरेको बताएका हुन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले आफ्नो चट्टाने अडानले देशलाई सही मार्गमा डोर्‍याउन सफल भएको जिकिर गरे।

उनले भने,‘हिजो मैले जे भनेको थिएँ, आज त्यही सही सावित भयो, आज आएर सिमाङ्कनको मात्रै नभएर सबै संशोधन प्रस्तावहरू रोकिएका छन्, अब संशोधनको सम्भावना मात्र १ प्रतिशत छ, ९९ प्रतिशत सम्भावना टरेको छ, निर्वाचनमा मुलुक गईसक्यो, कसैले शंका गर्नुपर्दैन, कसैले रोक्न पनि सक्दैन, यो देशको लागि खुशीको कुरा हो।’

नेता रायमाझीले भने,‘मोर्चाको हातमा जतिबेला ताला चाँबी थियो, त्यति बेला उहाँहरूले अधिकारको ढोका खोल्नु भएन, आज त्यो चाँबी कमल थापा र विजय गच्छदारको हातमा पुगिसक्यो, यस्तो स्थितिमा संशोधन झनै सम्भव छैन। अर्को कुरा २ नम्बर प्रदेशका नेताहरू ५ नम्बर प्रदेशको भाग खोस्न जाने र त्यहाँ देखिएका दृश्यहरू हेरेर हाँस्ने जस्तो भुल अरु के हुन सक्छ?’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.