दाहाल र प्रमुख निर्वाचन आयुक्तबीच भेटवार्ता
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवबीच भेटवार्ता भएको छ । भेटका क्रममा निर्वाचनसम्बन्धी कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री दाहालले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सफल पार्न सरकारको तर्फवाट सबै प्रकारको सहयोग रहने बताएका थिए । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले निर्वाचन सम्पन्न गर्न आयोगले गरिरहेको तयारीप्रति सन्तोष व्यक्त गरे ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको तयारीको अवस्थावारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।