इसुजुका नयाँ मोडल नेपालमा

इसुजुका नयाँ मोडल नेपालमा

काठमाडौंः  जापानी गाडी निर्माता कम्पनी इसुजुले नयाँ दुई मोडलका गाडी नेपाल भित्र्याएको छ । इसुजुका डी-म्याक्स भी-क्रस र एस क्याब पिकअप गाडी नेपाल भित्रिएका हुन् । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले इसुजुका दुवै मोडल बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको थियो । कन्टिनेन्टल ट्रेडिङ कम्पनी इसुजु गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो । नेपाली बजारमा इसुजु डी-म्याक्सको मूल्य ७२ लाख ९० हजार र भी-क्रसको ६० लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

इसुजुका डी-म्याक्स र भी-क्रस सेकेन्ड जेनेरेसनका पिकअप गाडी हुन् । यीनमा एक सय ३४ एचपी हाई प्रेसर डिजल इन्जिन प्रयोग गरिएको छ । गाडीमा पाँच स्पिड म्यानुअल ट्रान्समिसन छ । २५ सय सीसीको गाडी अफ रोडका लागि उपयोगी रहेको कम्पनीको दाबी छ । उच्च ग्राउन्ड क्लियरेन्स रहेको गाडीमा फोर ह्विल ड्राइभ मोड रहेको छ ।

डी-म्याक्स एस-क्याब नयाँ जेनेरेसनको डिजेल इन्जिन गाडी हो । यो गाडी पाँच सिट क्षमताको छ । खासगरी बिजनेसम्यान र प्रोफेसनलका लागि यो गाडी उपयुक्त हुने कम्पनीको भनाइ छ । यो पनि २५ सय सीसीको गाडी हो । यसमा पनि पाँच स्पिड म्यानुअल गियर रहेको छ । यसमा ५५ लिटर क्षमताको इन्धन ट्यांकी रहेको छ । सुरक्षित, आरामदायी र सजिलो गाडीका रूपमा यसलाई बजारमा ल्याएको कम्पनीले बताएको छ ।

नेपालमा पिकअप गाडीको राम्रो सम्भावना देखेर नयाँ मोडल बजारमा ल्याएको इसुजु मोटर्स इन्टरनेसनल अप्रेसन थाइल्यान्डका कार्यकारी उपाध्यक्ष टोरू किसोमोटोले बताए । उनले इसुजुका पिकअप गाडीले नेपालीको मन जित्ने विश्वास व्यक्त गरे । नेपालको भौगोलिक संरचना र सडकको अवस्था पिकअप गाडी सुहाउँदो छ । विकासे मन्त्रालय तथा निकाय र विभिन्न प्रोजेक्टमा पिकअप गाडी बढी प्रयोग हुन्छन् ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुह्रिद घिमिरेले इसुजु डी-म्याक्स पिकअप बजारमा युटिलिटी भेहिकलका रूपमा लोकप्रिय हुने बताए । नेपालमा धेरै वर्षदेखि जापानीज इसुजु गाडी हुइँकिदै आइरहेका छन् । कन्टिनेन्टल ट्रेडिङले इसुजुको आधिकारिक सर्भिस सेन्टर काठमाडौंको बालाजुमा रहेको बताउँदै देशका अन्य सहरमा कियाको नेटवर्कमार्फत सेवा उपलब्ध गराउने जनाएको छ ।

जापानमा मुख्यालय रहेको इसुजु विश्वब्यापी गाडी उत्पादक कम्पनी हो । एक सयभन्दा बढी देशमा इसुजुले आफ्ना गाडी बिक्री गर्दै आएको छ । नेपालमा आउने अधिकांश पिकअप भारतमा उत्पादित गाडी हुन् । केही मोडल थाइल्यान्डबाटसमेत आयात गरिँदै आएको छ । राजधानीमा इसुजुको सोरुम गैरीधारामा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.