फ्याक्ट्स अफ नेपाल २०१७ सार्वजनिक

फ्याक्ट्स अफ नेपाल २०१७ सार्वजनिक

काठमाडौः फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स र वी-रिडद्वारा ‘फ्याक्ट्स अफ नेपाल २०१७' सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रमबीच फ्याक्ट्स वर्ष पुस्तकको तेस्रो संस्करणका रूपमा उक्त पुस्तक बिमोचन गरिएको हो । फ्याक्ट्स अफ नेपालको अघिल्लो संस्करणलाई पाठकले रुचाएकाले पुस्तकको नयाँ संस्करण २०१७ अनावरण गरिएको संस्थाले जनाएको छ । विगत वर्षमा सूचनामूलक दृश्यचित्र (इन्फोग्राफिक्स)का लागि विभिन्न क्षेत्रबाट तथ्यांक संकलन गरी सरल र सहज ढंगले पुस्तकमा समेटिएको छ ।

यस पुस्तकमा कृषि, अर्थतन्त्र, राजनीतिलगायतका कुल १९ खण्ड छन् । पुस्तकमा नेपालको प्रमुख क्षेत्रको क्षेत्रगत अवस्थाका साथसाथै अन्तर्राष्ट्रिय मामिलाको विश्लेषणात्मक चित्रण गर्ने प्रयास गरिएको छ । पुस्तक कर्पोरेट, सामाजिक, देशको विकास र राजनीतिबीच लोकप्रिय छ ।

पुस्तकको मूल्य तीन सय रुपैयाँ तोकिएको छ । पुस्तक देशका प्रमुख पुस्तक पसलमा उपलब्ध हुनुका साथै यसको इ-बुक वि-रिडको मोबाइल एप्लिकेसनबाट डाउनलोड गरेर पनि पढ्न सकिनेछ । निजी अनुसन्धानमूलक कम्पनी फ्याक्ट्सले विभिन्न परियोजना सञ्चालन गर्नुको साथै सामाजिक सञ्जाल र छापा माध्यममार्फत आम जनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांक चित्र प्रस्तुत गर्दै आइरहेको संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.