सर्वोत्तम सिमेन्टको महाच्यालेन्ज
काठमाडौः सर्वोत्तम सिमेन्ट प्रालिले महाच्यालेन्ज अभियानको घोषणा गरेको छ । सर्वोत्तम टेक्नोलोजीको प्रयोग गरी उत्पादन हुने यस सर्वोत्तम सिमेन्ट नेपालकै पहिलो र एक मात्र सिमेन्ट उद्योग रहेको कम्पनीको दाबी छ । उद्योगले ग्रिन सर्वोत्तम ओपीसी र श्री ग्रिन सर्वोत्तम पीएससी ब्रान्डका सिमेन्ट नेपालभर बिक्री वितरण गर्दै आएको छ ।
उद्योगद्वारा उत्पादित यस सिमेन्टको मसिनोपन प्रतिग्राम ४५ सय वर्ग सेन्टिमिटरसम्म रहेको कम्पनीले जनाएको छ । यो क्रसबार कुलर इन्टिलिजेन्ट मेसिन कन्ट्रोलको प्रयोग गरी सिमेन्टको गुणस्तरमा एकरुपता प्रदान गर्ने नेपालको एक मात्र सिमेन्ट उद्योग हो । कम्पनीले आफ्नै स्टिम इन्जिनबाट विद्युत् उत्पादन गरेर सिमेन्टको गुणस्तरमा एकरुपता ल्याई थप परीक्षण एक्सरे डिफ्र्याक्सन विधिबाट हुने यस उद्योग नेपालकै एक मात्र सिमेन्ट उद्योग भएको कम्पनीले जनाएको छ ।
यस सिमेन्ट उद्योगले अन्य सिमेन्ट उद्योगको तुलनामा कोइला तथा बिजुलीको खपत सबैभन्दा कम गरी वातावरणलाई सफा र स्वच्छ बनाउन टेवा पुर्याएको छ । सर्वोत्तम सिमेन्ट उत्पादनका क्रममा ६ स्टेज प्रि–हिटर प्रविधिको प्रयोग गरिने हुँदा सिमेन्टको गुणस्तरमा वृद्धि भएको सुनिश्चित गर्नेछ । साथै यस उद्योगद्वारा उत्पादित सिमेन्ट वाटरप्रुफ लेमिनेटेड बोरामा प्याकिङ गरिने हुनाले भण्डारण अवधिभर सिमेन्टको गुणस्तर कायम रहने कम्पनीले जनाएको छ ।