एभरेस्ट बैंकद्वारा ब्याजदरमा समायोजन
काठमाडौः एभरेस्ट बैंकले निक्षेपको ब्याजदर समायोजन गरेको छ । बैंकले तरलताको वर्तमान अवस्थालाई मध्यनजर गरी उपयुक्त वातावरण सिर्जना गर्न नेपाल राष्ट्र बैंकले ल्याएको निर्देशन अनुसार निक्षेपको ब्याजदरमा समायोजन गरेको जनाएको छ । बैंकले सुरुका लागि अधिकतम् ब्याजदर भएको मुद्दती खातामा ०.५० प्रतिशतले घटाएको छ ।
साथै, नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले कल खाताको ब्याजदर पनि क्रमशः घटाउँदै लैजाने जनाएको छ । यसरी बचतमा ब्याज घटाउँदा व्यवसायी/उद्योगीले उचित ब्याजदरमा कर्जा पाउनेछन् । एभरेस्ट बैंकले हाल आफ्ना ६० वटा शाखा, ६ एक्सटेन्सन काउन्टर, २५ राजस्व संकलन काउन्टर र ८६ एटीएम तथा बृहत बाह्य सन्जालमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।