गरिमा बैंकलाई आश्वा अनुमति
काठमाडौंः नेपाल धितोपत्र बोर्डले गरिमा विकास बैंकलाई आश्वा प्रणाली अन्तर्गत धितोपत्र दरखास्त संकलन तथा त्यससम्बन्धी कार्य गर्न अनुमति प्रदान गरेको छ । बैंकले गत शुक्रबार नेपाल धितोपत्र बोर्डबाट आश्वा प्रणालीको अनुमति प्राप्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
योसँगै विकास बैंकका ४० वटै शाखा कार्यालयबाट विभिन्न कम्पनीको आईपीओ तथा एफपीओमा आवेदन दिन सकिनेछ । बैंकले २०७३ चैत १ गतेदेखि निष्कासन तथा बिक्री खुला भैरहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको थप सार्वजनिक निष्कासन (फर्दर पब्लिक इस्यू) का लागिसमेत विकास बैंकमा खाता भएका ग्राहकले आश्वा प्रणालीमार्फत दरखास्त दिन सक्ने बैंकले जनाएको छ ।
फाल्गुन ६ गते सम्पन्न १० औं वार्षिक साधारणसभाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण र ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाटमा स्थानान्तरण हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।