ईओको कार्यशाला
काठमाडौंः युवा व्यवसायीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरप्रेनर्स अर्गनाइजेसन (ईओ)को नेपाल च्याप्टरले युवा व्यवसायीका लागि सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी एकदिने कार्यशाला आयोजना गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा गैरकानुनी सम्पत्तिको स्रोत, गैरकानुनी सम्पत्ति शुद्धीकरण हुनसक्ने माध्यम, सम्पत्ति शुद्धीकरणसम्बन्धी विद्यमान कानुन, यस विषयमा व्यापारिक क्षेत्रको योगदानबारे चर्चा गरिएको थियो ।
कार्यशालाका प्रमुख वक्ता आर्थिक सूचना इकाइ, नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरिकुमार नेपालले सम्पत्ति शुद्धीकरण र कर छलीबिरुद्ध सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । ‘सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा आर्थिक लगानीले नेपालको मात्र होइन विश्वभरका सरकार र अन्तर्राष्ट्रिय संगठनको ध्यान आकृष्ट गरेको छ,' उनले भने, ‘नेपाल सरकार र राष्ट्र बैंक यसप्रति सचेत छ ।' उनले सम्पत्ति शुद्धीकरणले व्यावसायिक क्षेत्र मात्र नभई राजनीतिक र प्रशासनिक क्षेत्रलाईसमेत नराम्रो असर पारिरहेको छ ।