यूटीएसद्वारा तालिम
काठमाडौः टोयोटा गाडीका लागि नेपालको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले तालिमको आयोजना गरेको छ । आफ्नो प्रोडक्ट ट्रेनिङअन्तर्गत कम्पनीले ‘अल न्यू इनोभा क्रिस्टा' तालिम आयोजना गरेको हो । देशैभर फैलिएका आफ्ना डिलरलाई लक्षित गरी गरिएको तालिममा २४ वटा डिलरमा कार्यरत कर्मचारीको सहभागिता थियो ।
यही फागुन २६ र २७ गते चलेकोे तालिममा थ्रीएस (सेल्स, सर्भिस, स्पेयर्स पार्ट) का प्रबन्ध निर्देशक महेश कुमारले सहभागीलाई तालिम प्रदान गरेका थिए । तालिमका क्रममा सहभागीले नयाँ उत्पादनको कार्यपद्धति, त्यसको बिक्रीवितरण तथा स्पेयर पार्ट्सका विषयमा विस्तृत जानकारी हासिल गर्नेछन् ।
यूटीएसले निकट भविष्यमै बजारमा ल्याउन लागेको आफ्नो बहुप्रतिक्षित उत्पादन ‘अल न्यू इनोभा क्रिस्टा' लाई मध्यनजर गर्दै डिलरलाई यसबारे पहिले नै जानकारी गराएको हो । बजारमा आउँदै गरेको उक्त उत्पादनलाई देशैभरी पुर्याउन कम्पनी लागिपरेको जनाइएको छ । साथै, कम्पनीले बजार विस्तारसँगै आफ्ना सञ्जालअन्तर्गत रही काम गर्ने कर्मचारीको क्षमता बढाउने उद्देश्यले तालिमको आयोजना गरेको कम्पनीले जनाएको छ ।