माेडलिङभन्दा गायन प्याराे
झट्ट हेर्दा नायिका वा मोडेलजस्तै लाग्छिन्, सञ्जु न्यौपाने । तर, मोडलिङ एवं अभिनय छाडेर उनी गायनमा भविष्य खोज्दैछिन् । लगभग एक दर्जन म्युजिक भिडियो र केही टेलिचलचित्रमा समेत अभिनय गरेकी उनको रुचि र रोजाइ गायन रहेको छ ।
स्याङ्जाको निबुवाखर्कमा २०५० सालमा जन्मेकी गायिका सञ्जुले चलचित्र ‘निर्भयर्मा नायिका नीता ढुंगानाको बहिनीका रूपमा अभिनय पनि गरेकी छन् । तर अभिनयमा उनी रमाउन सकिनन् । ‘मैले अभिनयबाट परिचय खोजेकै छैन । गायनबाट अगाडि बढ्ने मेरो लक्ष्य होर्, न्यौपाने भन्छिन् ।
२०६८ सालमा एसएलसी दिएर सशस्त्र प्रहरीमा जागिर खान पुगेकी उनले जागिरका क्रममा तीन वर्ष नवलपरासीमा बिताइन् । तर, सरकारी जागिरमा उनलाई खासै मोह बस्न सकेन, अनि जागिरे जीवन त्यागेर गायनमा भविष्य खोज्न थालेकी हुन् ।
नवलपरासीमा आयोजित एउटा सांस्कृतिक कार्यक्रममा सञ्जुले पनि चल्तीमा रहेका केही कलाकारसँग गाउने मौका पाएकी थिइन् । उनको प्रस्तुतिलाई दर्शकले अत्यन्तै रुचाएपछि उत्साहित हुँदै उनले गायनमा लाग्ने निधो गरेकी हुन् । ‘यति राम्रो स्वर भएको मान्छे यत्तिकै बस्नु हुँदैन । सांगीतिक क्षेत्रबाट अगाडि बढ्नुपर्छर्, अग्रज कलाकारले भनेको उनी स्मरण गर्छिन्, ‘सबैले यसरी हौस्याएपछि मैले गायनमै लाग्ने निर्णय गरेकी हुँ ।'