ढकाल बने मोटरसाइकल विजेता
काठमाडौं : अन्नपूर्ण पोस्ट्को ‘नपर्ने त कुरै छैन’ वार्षिक ग्राहक योजनाअन्तर्गत मासिक ‘लक्की ड्र’ मा २३४७२ रसिद नम्बरका बालकोट निवासी रेवतीरमण ढकाललाई मोटरसाइकल उपहार परेको छ। अन्नपूर्ण पोस्ट्को केन्द्रिय कार्यालय तीनकुनेमा शुक्रबार आयोजित एक समारोहबीच लक्की ड्र मार्फत् उनीमोटरसाइकल विजेता घोषित भएकाहुन्। देवेनरा ग्रुपकानिर्देशकउद्योगपतिप्रकाश मुन्दडाले लक्की ड्र गरी बिजेता घोषणा गरेका थिए।
‘ओहो ! हो र ?’ हर्षित हु“दै ढकालले सुनाए, ‘अहिलेसम्म मलाई कुनै उपहार परेको थिएन्।’ नियमित रुपमा अन्नपूर्ण पोस्ट् पत्रिका पढ्दै आएका उनी तीन बर्ष अघिबाट अन्नपूर्ण पोस्ट् बार्षिक ग्राहक बन्दै आएका छन्। त्यही कार्यक्रममै मुन्दडाले अघिल्लो महिनाको मासिक लक्की ड्रबाट मोटरसाइकल विजेता बनेका २३६१४ रसिद नम्बरका त्रिपुरेश्वर निवासी गणेश फुयाँललाई उपहार स्वरुप मोटरसाइकल हस्तान्तरण गरेका थिए।
‘बार्षिक ग्राहकलाई बनेकालाई लक्की ड्र मार्फत डेढ करोड रुपैयाँको घरदेखि अन्य उपहार प्रदान गर्नु पाठकका लागि निकै ठूलो उपलब्धी हो’ मुन्दडाले भने, ‘पत्रिकको बार्षिक ग्राहक बनेर पाठकले त्यस योजनाको भरपूर्ण उपयोग गर्नु पर्दछ।’ उनले अन्नपूर्ण पोस्ट्ले मुलुकका सबै क्षेत्रका आवाजलाई बुलन्द रुपमा उठाई भन्दै आगामी दिनमा विकासका समाचार मुद्दा र सफलतालाई अझै सशक्त ढंगबाट उठाउन आग्रह गरे।
लक्की ड्र खोल्न अन्नपूर्ण पोस्ट् केन्द्रियकार्यालयमाआएका मुन्दडालाई अन्नपूर्ण मिडिया नेटवर्कका मानवस्रोत साधन विभाग प्रमुख सुदमकुमार सिजापति, वितरण विभाग प्रमुख राम भट्टराई, मार्केटिङ विभाग प्रमुख मानस घिमिरे, ब्रान्ड म्यानेजर श्याम मालीलगायतका कर्मचारीले स्वागत गरेका थिए।